६ आश्विन २०८१ आइतबार
image/svg+xml

प्रदेश निर्वाचन अगाडि नै प्रदेश प्रहरी

गृहमन्त्री जनार्दन शर्माले प्रदेशको निर्वाचन अगाडि नै प्रदेश प्रहरी गठन गर्न मन्त्रालयले गृहकार्य अगाडि बढाएको बताएका छन्।

प्रदेश निर्वाचन अगाडि नै प्रदेश प्रहरी

गृहमन्त्री जनार्दन शर्माले प्रदेशको निर्वाचन अगाडिनै प्रदेश प्रहरी गठन गर्न मन्त्रालयले गृहकार्य अगाडि बढाएको बताएका छन् ।  गृहमन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा उनले निर्वाचन अगाडिनै प्रहरीको संघीय संरचना कार्यान्वयनमा ल्याउनुपर्ने भएकाले तिब्र गतिमा काम भइरहेको बताए ।

प्रहरीकै संरक्षणमा गैरकानुनी उत्खनन्

सिरहाको धनगडीमाई नगरपालिकाको जयपुरमा तीन दिनदेखि गैरकानुनी ग्राभेल उत्खन्न भैरहेको छ। स्थानीय खहरे खोला किनारमै मेसिन (जेसिवी)मार्फत भैरहेको ग्राभेल उत्खन्न गैरकानुनी भएको जानकारी पाउँदासमेत सो क्षेत्रका प्रहरी चुपचाप छ।

सहायक प्रहरी निरीक्षक गुरुङ मृत फेला

उत्तरी धादिङको इलाका प्रहरी कार्यालय, दार्खामा कार्यरत सहायक प्रहरी निरीक्षक वीरबहादुर गुरुङको शव आज बिहान ६ बजे इलाका प्रहरी कार्यालयनजिकै मकैबारीमा फेला परेको छ ।

बालविवाह रोक्न प्रहरीको बढ्दो सक्रियता

बढ्दै गएको बालविवाहलाई रोक्न दोलखा प्रहरी कडाइका साथ कानून कार्यान्वयनमा लागिपरेको छ । यो सातामात्रै जिल्ला प्रहरी कार्यालय दोलखाले दुईवटा बालविवाह रोकेको छ।

नेपाल प्रहरीको 'मोष्ट वान्टेड' सूचिमा रहेका बेकर ग्रिसमा पक्राउ

बन्यजन्तु अपराधमा नेपालले इन्टपोलमार्फत खोजी गरिरहेको अमेरिकी नागरिक इयान बेकर ग्रिसमा पक्राउ परेको खुलेको छ। महानगरीय प्रहरी अपराध महाशाखाले बालुवाटारमा रहेको उनको डेरामा छापा मारेर बन्यजन्तुका अंग र प्राचीन सामाग्री फेला पारेदेखि उनी फरार थिए।

अमेरिका आवद्ध हवाई आक्रमणमा सोह्र अफगान प्रहरीको मृत्यु

अफगानिस्तानमा भएको अमेरिकाआवद्ध हवाई आक्रमणमा परी १६ अफगान प्रहरीको मृत्यु भएको अधिकारीहरुले शनिबार जानकारी दिएका छन।

प्रहरीमा मनपरी पद थप

नेपाल प्रहरीमा एआइजीको रिक्त दरबन्दीअनुसार बढुवा गर्दा 'आफ्ना' छुट्ने भएपछि ३ पदबाट बढाएर ११ पुर्‍याएको सरकारले पुनः २ पद थप्ने तयारी गरेको छ। ११ पद पुर्‍याएर बढुवा सिफारिससूची सार्वजनिक गरे पनि 'आफ्ना' छुटेकाले थप्न दबाब आएपछि सत्ताधारी २ प्रमुख दल नेपाली कांग्रेस र माओवादी केन्द्र एआइजीको दरबन्दी १३ पुर्‍याउन सहमत भएका हुन्।

गम्भीर घाइते प्रहरीको हेलिकप्टरबाट उद्धार

सवारी दुर्घटनामा गम्भीर घाइते भएका प्रहरी सहायक निरीक्षक(असई) गेहेन्द्र बुढाथोकीलाई हेलिकप्टरबाट काठमाडौं लगिएको छ । हेटौंडाको चुरेहिल अस्पतालले रिफर गरेपछि उनलाई काठमाडौंको ग्राण्डी अस्पताल पठाइएको हो ।

प्रहरी थुनाभित्रै एक युवा मारिएपछि सिमलामा तनाव

भारतको सिमलास्थित एक बन्दीगृहमा रहेका एक युवा प्रहरी हिरासतमै मारिएपछि त्यसको विरोधमा यहाँ तनाव उत्पन्न भएको छ ।

स्वार्थको जालोले ठप्प प्रहरी प्रशासन

नेपाल प्रहरीमा एआइजीदेखि प्रहरी जवानसम्म चार हजार पद रिक्त छ। गृह र प्रहरी प्रधान कार्यालयको सुस्तताका कारण एक वर्षदेखि प्रहरी प्रशासन ठप्प छ।

बिमल गुरूङको घरमा प्रहरीको छापा

गोर्खा जनमुक्ति मोर्चाका प्रमुख बिमल गुरूङको घर र कार्यालयमा बंगाल प्रहरीले शुक्रबार छापा मारेको छ। उनको घरबाट गोली बारूद्ध र सैन्य हातहतियार बरामद गरेको प्रहरीले जनाएको छ।

अब अविवाहित महिला मात्र ट्राफिक प्रहरी

उत्तर कोरियाली सरकारले ट्राफिक प्रहरीको छनौटका लागि सुन्दर युवतीहरू मात्र प्राथमिकता दिने भएको छ ।

दार्जिलिङमा प्रहरी-मोर्चा कार्यकर्ताबीच झडप

चिया मजदुरले आह्वान गरेको १२ घन्टे बन्दको समर्थन गर्दै जुलुसमा निस्किएका गोर्खा जनमुक्ति मोर्चा (गोजमो)का कार्यकर्तामाथि प्रहरीले लाठीचार्ज गरेको छ। मजदुरको आन्दोलनको दोस्रो दिन मंगलबार दार्जिलिङसहित पहाडी क्षेत्र बन्दको आह्वान गरिएको थियो।

प्रहरीको सरुवा, बढुवामा चासो छैनः गृहमन्त्री

प्रहरी प्रधान कार्यालयले नियमित रुपमा गर्ने सरुवाको विषयमा आफूलाई जोडेर गरिएको गलत प्रचारको गृहमन्त्री जर्नादन शर्माले खण्डन गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्