बारा- प्रसौनीमा अलपत्र अवस्थामा फेला परेको बालकलाई बारा प्रहरीले उद्दार गरी आइतबार परिवारको जिम्मा लगाएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक राजकुमार वैदवारले फेला परेको ६ वर्षिय बालकलाई पत्रकार सम्मेलन गरी अभिभावकको जिम्मा लगाएका हुन्।
महोत्तरी जिल्ला जलेश्वर ५ घर भई हाल पर्सा जिल्ला विरगंज महानगरपालिका १५ भिस्वामा डेरा गरी बस्दै आएका छठु तिवारीको ६ वर्षिय छोरा राजा तिवारी घरबाट सम्पर्क विहिन भएका थिए।
राजा तिवारी असोज २५ गते १ बजे प्रसौनी गाउँपालिकामा अलपत्र अवस्थामा फेला परेका थिए । फेला परेको दिन देखि नै अभिभावकको खोजतालश गर्न प्रहरीलाई सक्रिय बनाएको अवस्थामा बालकको आमाको जिम्मा लगाउँदा आफूलाई समेत गर्व महशुस भएको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक वैदवारले बताए।
प्रकाशित: २९ आश्विन २०७४ १३:१३ आइतबार