४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

इरानी आन्दोलनमा हस्तक्षेप नगर्न अमेरिकालाई रसियाकाे चेतावनी

एक वरिष्ठ रसियाली कुटनीतिज्ञले इरानमा मूल्य वृद्धिविरुद्ध विगत केही दिनदेखि भैरहेको आन्दोलनमा हस्तक्षेपकारी भूमिका नगर्न आग्रह गरेका छन्।

अखिलको 'मुर्दा जुलुश'मा प्रहरी हस्तक्षेप

पेट्रोलियम पदार्थको मूल्य बृद्धि र निर्वाचन आयोगका पछिल्ला गतिविधिको विरोध गर्दै नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले 'मुर्दा जुलुश' निकालेको छ।

प्रेस स्वतन्त्रतामा प्रहरी हस्तक्षेप भएको आरोप

प्रेस चौतारी नेपालले नेपाल प्रहरीले समाचारको विषयलाई लिएर पाँच सञ्चारमाध्यम र त्यसका सम्पादकलाई पत्र काटेकामा आपत्ति जनाएको छ।  प्रेस चौतारीका महासचिव राजेश राईले ललितपुर–१ बाट नवनिर्वाचित सांसद तथा पूर्वप्रहरी नायब महानिरीक्षक नवराज सिलवालविरुद्धको मुद्दा छानविन गर्ने नाममा सञ्चारमाध्यमलाई पत्र काट्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्धको हस्तक्षेप भएको बताएका छन्।

पद्यामावती प्रसारणमा राजनीतिक हस्तक्षेप भएको ठहर

सञ्जय लिला भन्सालीले निर्माण गरेको चलचित्र पद्यामावतीले पछिल्लो समयमा  भारतमा मात्रै नभई विश्व भर नै चर्चा पाएको छ।  उक्त चलचित्र माथि राजपूत समुदायको इतिहासमाथि घोचपेच गरेको आरोप लागेको छ । चलचित्रमा १६औ शताब्दीकी राजपूत महारानी पद्यामावतीको विषयलाई काल्पनिक रुपमा चित्रण गरिएको छ।

रुसले निर्वाचनमा हस्तक्षेप गरेको बेलायती प्रधानमन्त्री मेको आरोप

बेलायती प्रधानमन्त्री थेरेसा मेले रुसमाथि हालसम्म कै सबैभन्दा कडा प्रतिक्रिया दिँदै विभिन्न देशका निर्वाचनमा रुसले हस्तक्षेप गरेको र साइबर जासुसी गरिरहेको आरोप लगाएकी छिन् । बेलायतको राजधानी लन्डनमा सोमबार साँझ आयोजना भएको उद्योगी व्यवसायीहरुको एउटा भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री मेले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सरकारले स्वतन्त्र समाजलाई कमजोर पार्न प्रयास गरेको आरोप लगाएकी छिन् । ‘उनीहरुले पश्चिममा जगतमा मतभेद सिर्जना गर्न गलत समाचार फैलाइरहेका छन्’ सम्बोधनका क्रममा मेले बताइन् । बेलायतले रुससँग कहिले अन्त्य नहुने खालको वादविवाद नचाहे पनि देशको राष्ट्रिय स्वार्थ भने जोगाउने उनले बताइन् । मेको यस्तो भनाइ गत साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइको ठिक विपरित कोणबाट आएको छ । गत साता अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसको संलग्नता स्वीकार नगरेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भनाइप्रति आफूलाई विश्वास लागेको बताएका थिए।

घोषणापत्रमा परराष्ट्र नीति : वैदेशिक हस्तक्षेप रोक्ने प्रतिबद्धता

नयाँ संविधान जारी भएपछि पहिलोपटक हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक दलले आआफ्ना चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् ।

प्रधानमन्त्रीको सकारात्मक हस्तक्षेप

आफ्नो काम जिम्मेवारीपूर्वक नगर्ने अन्य संस्थाका पदाधिकारीमाथि पनि कारबाही गर्न प्रधानमन्त्री देउवाको ध्यान पुग्नुपर्छ । भ्रष्टाचारविरुद्ध सक्रिय सञ्चारमाध्यम र पत्रकारलाई नै कारबाही गर्न खोज्नेमाथि पनि प्रधानमन्त्रीको ध्यान पुग्न सक्यो भने लोकतन्त्रमाथि अहिले मडारिएका बादल फाट्नेछन् ।

‘संविधान कार्यान्वयनमा छिमेकी हस्तक्षेप असह्य’

प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान कार्यान्वयनमा छिमेकीसहित अन्य मुलुकबाट हुने सबैखाले हस्तक्षेप असह्य हुने बताएका छन् । पाँच दिने भारत भ्रमण सम्पन्न गरेर आइतबार फर्केका प्रधानमन्त्री देउवाले संसद् बैठकमा सोमबार जानकारी दिने क्रममा यस्तो धारणा व्यक्त गरेका हुन् ।

दृष्टिविहिन पढ्ने विद्यालयमा राजनीतिक हस्तक्षेप

दृष्टिविहिन विद्यार्थीहरु पढ्ने धरान १५ स्थित पुर्वाञ्चल ज्ञान चक्षु विद्यालयमा प्रअ अवकाश हुने समय नजिकिएपछि राजनैतिक हस्तक्षेप एवं चलखेल बढेको छ।

देश बिग्रेको बाह्य हस्तक्षेपले होइन

मध्यरातमा लोकतन्त्रलाई दरबारमा बुझाउनेदेखि प्रतिगमन आधा सच्चियो भन्नु, कर्मचारी नियुक्ति गर्ने सरकारको अधिकारमा प्रश्नचिन्ह उठाउनु, हचुवामा महाभियोग लगाउनु, नेपालको लोकतन्त्रमा भएका यस्ता शृंखलाबद्ध आक्रमणमा न कुनै विदेशी शक्तिको हात थियो/छ, न कुनै अदृश्य शक्तिको। यो त लोकतान्त्रिक मूल्य र मान्यतालाई नबुझेका र बुुझेर पनि आत्मसात् नगरेका नेताहरूकै कारण भएको हो।

विदेशमन्त्री स्वराजको हस्तक्षेपपछि पाकिस्तानी दम्पत्तिले पाए ‘मेडिकल भिसा’

पाकिस्तानको एक दम्पत्तिले भारतमा उनीहरुको चार महिने शिशुको उपचारका लागि मेडिकल भिसा (प्रवेशाज्ञा) प्राप्त गरेको समाचार छ।

अदालती हस्तक्षेपको दरोकार

च्यातिएका मतपत्र पन्छाएर बाँकी भोट गणना गरी ९० मत निर्णायक भए/नभएको निर्क्योल गर्नुको बदला हतारमा अर्को चुनावको मिति तोकेबाट नै आयोगको नेतृत्व परिपक्व नभएको देखियो।

साझा हस्तक्षेपले सुध्रिँदै सवारी

तीन वर्षअघि राजधानीमा साझा यातायातका फराकिला बस गुड्न थाल्दा धेरैले सार्वजनिक सवारी सुध्रने सोचेका थिएनन्। निजी व्यवसायीसँग मिलेर काठमाडौं महानगरपालिकाले चलाएको रात्री बस असफल भएकै बेला साझाको सडक आगमनलाई धेरैले विश्वास गरिरहेका थिएनन्।

मैना सुनार हत्याकाण्ड- 'न्यायिक पद्धतिमा हस्तक्षेप नगर'

मैना सुनार हत्याकाण्डमा काभ्रे जिल्ला अदालतको फैसला पुनरावलोकन नरोक्न आग्रह गर्दै एमनेस्टी र आइसिजेले महान्यायाधिवक्ता रमण श्रेष्ठलाई पत्र लेखेका छन्।

संसद्को विशेषाधिकारमा हस्तक्षेप :  सत्तासाझेदार

सर्वोच्च अदालतको महाभियोगसम्बन्धी पछिल्लो आदेश व्यवस्थापिकाको विशेषाधिकारमाथि ठाडै हस्तक्षेप हो, यसमा ठूलै 'ग्रान्ड डिजाइन' छ' – पम्फा भुसाल।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्