१० मंसिर २०८१ सोमबार
image/svg+xml

पर्यटनमा आशा

केही सातादेखि तराई हुस्सुले ढाकिएको छ । बिहान–साँझ अत्यन्त चिसो । घरबाहिर निस्किन, कामकाजमा जान सर्वसाधारणलाई गाह्रो परिरहेको छ । तर, यहीबेला इलामलगायत पहाडी जिल्लाको मौसम यसरी खुलेको छ कि, असोज–कात्तिकजस्तै । डाँडाकाँडा खुलेका छन् । हिमाल टलक्क टल्किएका छन् ।

तेक्वान्दोबाट धेरै आशा

छनोट चरण पार गरेर ओलम्पिक खेल्ने दुई खेलाडी तेक्वान्दोकै संगीना वैद्य र दीपक विष्ट हुन्। एसियाली खेलकुदमा पनि नेपालका तेक्वान्दो खेलाडीले सर्वाधिक सफल नतिजा दिलाएको इतिहास अझैं पनि ताजै छ। नेपालका लागि एसियाली खेलकुदमा व्यक्तिगत विधातर्पm एक मात्र रजत पदक जित्ने तेक्वान्दोकै सविता राजभण्डारी हुन्।

आशालाग्दाे नियुक्ति

दलितहरू शासन सत्ताबाट वञ्चित गरिएको सयौं वर्ष भएको थियो। राणा शासनमा आफूभन्दा कथित ठूला जातकालाई आफ्नो छायाबाट समेत जोगाउनुपर्ने बाध्यताका कारण बाटो हिँडदासमेत कोही अपरिचित व्यक्ति आयो भने दलितले बाटोमुनि लाग्नुपथ्र्याे। यस्तो सामन्ती संस्कारबाट गुज्रिनु परेको हुँदा पञ्चायतकाल आउँदासमेत दलितहरू शासन सत्ताको उपल्लो तहमा पुगेका थिएनन्, यसैकारण २०२९ सालमा हिरालाल विश्वकर्मा शिक्षा सहायक मन्त्री हुँदा देशभरका दलितमा एक प्रकारको आत्मजागरण जागेको थियो।

आशा जगाउँदै किबी

मिल्दो हावापानी र असिनाको असर कम हुँदा यो वर्ष जिल्लामा किबी फल उत्पादन आसलाग्दो देखिएको छ। गतवर्षहरू भन्दा यो वर्ष किबी उत्पादन बढ्ने देखिएको किसानले बताएका छन्। किबी उत्पादन प्रवद्र्धनका लागि गतवर्षदेखि जिल्लाको मुख्य खेती हुने ठाउँमा परियोजना नै सञ्चालनमा छ। परियोजनाबाट तालिम तथा उपकरण पाएपछि पनि किसानको खेती सुध्रिएको हो। उत्पादनमा सुधार भएसँगै किबीको गुणस्तर र मूल्य पनि यो वर्ष बढ्नसक्ने व्यवसायीले जनाए।

शान्तिप्रक्रियाका बाँकी काम छिट्टै टुंगिनेमा जर्मन आशावादी

युरोपियन मुलुक जर्मनले नेपालको शान्ति प्रक्रियाका बाँकी काम छिट्टै टुंगिने विश्वास व्यक्त गरेको छ। दुई दिने नेपाल भ्रमणमा आएका जर्मनको परराष्ट्र मन्त्रालयका साउथ एसिया आयुक्त मार्कुस पोटजेलले नेपालमा उच्चस्तरीय भेटघाटका क्रममा नेपाल शान्ति प्रक्रियाप्रति जर्मन सरकारको चासो व्यक्त गरेका हुन्। जर्मनले नेपालको मौलिक किसिमको शान्ति प्रक्रियाको प्रशंसा गर्दै बाँकी काम छिट्टै टुंगिने अपेक्षा राखेको हो। जर्मनले नेपालको शान्ति प्रक्रियाको बाँकी काम टुंगो लगाउन सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको छ। जर्मनले नेपालले २०७२ को संविधानमा आधारभूत अधिकारको सुनिश्चितता गरेको भन्दै त्यसको पनि प्रशंसा गरेको छ। जर्मन र नेपाल दुवै राष्ट्रसंघीय मानवअधिकार परिषद्का सदस्य राष्ट्र हुन्।

मनको छटपटाहट

मान्छेको मन अचम्मको हुन्छ। मन नभइदिँदो हो त कस्तो हुँदो हो जिन्दगी। मन छ र पो आशा, निराशा, पिर, व्यथा, मायाप्रेम सबैको अर्थ खोज्न थाल्छ मान्छे। सबै चिजको महत्व बुझ्न थाल्छ।

गुल्बदिनबाट लय निरन्तरताको आशा

जारी विश्वकपमा अफगानिस्तानले सबैभन्दा कमजोर प्रदर्शन गरिरहेको छ। उसले पाँचै खेलको नतिजा सुम्पिँदा अंकतालिकामा खाता खोल्न सकेको छैन। पछिल्ला समय विश्व क्रिकेटमा उदीयमान राष्ट्र अफगानिस्तानको प्रदर्शन विश्वकपमा राम्रो नहुनु पनि स्वाभाविक हो। तर, पनि विश्वकप जस्तो ठूलो प्रतियोगिता खेल्ने टोलीबाट आशालाग्दो प्रदर्शन हुनुपर्दछ। व्यक्तिगत रूपमा पनि अफगानिस्तानका खेलाडीले आशातीत प्रदर्शन गर्न सकिरहेका छैनन्।

जगाउला आशा !

न्यायपालिकाको नेतृत्व लिएकै दिनमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले ‘न्यायपालिका सुधार्ने’ प्रतिबद्धता व्यक्त गरे। उनको प्रतिबद्धतापछि न्यायपालिकामा भनिँदै आएको भ्रष्टाचार, विचौलिया, ढिलो न्यायमा सुधार हुनेमा केही आशा जगायो। गत साता न्यायाधीशहरूको सम्मेलनमा न्यायालयमा जनआस्था बढाउने र न्यायाधीश आचारसंहिताको विषयमा व्यापक छलफलसमेत भएकोछ ।

आशाकाे सीपमूलक तालिम

आशा लघुवित्तले सीपमूलक तालिम सञ्चालन गरेको छ। वित्तीय संस्थाले शनिबार र आइतबार तालिम सञ्चालन गरेको हो। संस्थाको सर्लाही नयाँ रोडमा आबद्ध ६० जना महिला सदस्यलाई निःशुल्क रुपमा लुगा धुने सर्फ बनाउने तालिम प्रदान गरेको हो।

राहणे अवसर पाउनेमा आशावादी

अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा अनुपस्थित भएको एक वर्षभन्दा लामो समय बिते पनि भारतका अजिन्के राहणेले एकदिवसीय विश्वकप टोलीमा अवसर पाउनेमा आशावादी रहेको बताएका छन्।

दारी भाइको चियापसल

सडक छेउमै राखिएको साइनबोर्डमा ठूलो अक्षरले लेखिएको छ– दारी भाइको चिया पसल। त्यहीँमुन्तिर लेखिएको छ, ‘परिश्रम गर्ने भनेकै देशमा हो, विदेश त हेर्न–घुम्न पो जाने हो।’

‘न्याय पाउनेमा पूरै विश्वास छैन’

निर्मला पन्तका आमा दुर्गादेवी र बुवा यज्ञराज काठमाडाैंमा प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी महानिरीक्षकलाई भेटर छोरीले न्याय पाउने झिनो आशाका साथ एक सातापछि घर फर्किएका छन् । पन्त दम्पती भीमदत्त नगरपालिका–२ उल्टाखामस्थित घरमा सोमबार साँझ आइपुगेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्