१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

पाश्र्व गायनमा नारायणगोपालको छवि

नेपालमा भएको पहिलो राष्ट्रिय चलचित्र महोत्सवमा सर्वश्रेष्ठ गायकको पुरस्कार नारायणगोपाललाई दिइने निर्णय भयो। उनलाई ‘कान्छी’ फिल्मको ‘छोरीको जन्म हारेको कर्म’ बोलको निम्ति पुरस्कार दिने निर्णय भएको थियो। तर, नारायणगोपालले त्यो पुरस्कार अस्वीकार गरिदिए, उनको अस्वीकृतिका पछाडि एउटै कारण थियो– पुरस्कार थापेपछि सित्तैमा गीत नगाउने।

रेल किन्न सरकारले छुट्यायो ८४ करोड, चलचित्र विकास बोर्डमा भट्टराई नियुक्त

सरकारले रेल खरिदका लागि बजेट छुट्याएको छ। सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले विहीवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको मन्त्रिपरिषद निर्णयअनुसार जयनगर–जनकपुर–बर्दिवास रुटका लागि नेपालको आफ्नै रेल खरिद गर्न ८४ करोड ६५ लाख बजेट छुट्याइएको हो। सञ्चारमन्त्री गोकुल बास्कोटाले रेल किन्न प्रारम्भिक बजेट विनियोजन गरिएको बताए।

मार्सल आर्टस्मा ‘दि ग्राण्डमास्टर’

फिल्ममार्फत नेपाल र चीनको संस्कृति आदानप्रदान गर्ने उद्देश्यले राजधानीमा मंगलबारबा सुरु भएको ‘चिनियाँ चलचित्र महोत्सव’मा बुधबार ‘दि ग्राण्डमास्टर’ प्रदर्शन गरियो।

निफमा ‘डाइङ क्यान्डल’ उत्कृष्ट

नेपाल चलचित्र तथा सांस्कृति प्रतिष्ठानको आयोजनामा गत बिहीबारबाट राजधानीमा भएको ‘दोस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ मा फिल्म ‘डाइङ क्यान्डल’ले दुई अवार्ड जितेको छ।

अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ३१ देशका फिल्म देखाइने

दोस्रो नेपाल अर्न्तराष्ट्रिय चलचित्र महोत्सवमा ३१ फिल्म देखाइने भएको छ। नेपाल फिल्म तथा कल्चर एकेडेमीले फागुन ९ गते देखि १३ गतेसम्म काठमाडौंमा आयोजना गरेको महोत्सवमा ३१ देशको सहभागिता रहेने संस्थाका अध्यक्ष केपी पाठकले बताए।

'बद्रीबहादुर' का राजिब

उनी खासमा खेलाडी हुन् तर यस पटक भने चलचित्रमा देखिँदैछन्। चलचित्र 'बद्रीबहादुर' मा तेक्वान्दोका पाँचौं डन राजिवजंग बस्नेतले कलाकारिता मात्र प्रस्तुत गर्ने छैनन वास्तविक 'एक्सन' पनि देखाउने छन्।

चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलद्वारा राजीनामा

चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले पदबाट राजीनामा दिएकी छन्। उनले बुधबारदेखि लागु हुनेगरी सूचना तथा सञ्चारमन्त्रीलाई राजीनामा दिएको विज्ञप्ति मार्फत सार्वजनिक गरेकी छन्।

अनाथ बालबालिकाको सहयोगार्थ ‘म्हेन्दु’ को च्यारिटी शो

डोल्पाका महिलाहरूले भोग्नु परेको कारुणिक पीडा र र भौगोलिक कठिनाइका डोल्पालीले झेल्नु परिरहेका अनेकन समस्यालाई कथाबस्तु बनाएर निमार्ण गरिएको नेपाली कथानक चलचित्र ‘म्हेन्दु’को विशेष च्यारीटी शो हुने भएको छ।

‘ङ्याङला माया’सार्वजनिक

तामाङ भाषाको चलचित्र श्होङको पहिलो गीत ‘ङ्याङला माया’सार्वजनिक गरिएको छ। सोमबार एक औपचारिक कार्यक्रमका साथ उक्त गीत सार्वजनिक गरिएको हो।

कादर खानको निधन

चर्चित बलिउड अभिनेता कादर खानको ८१ वार्षको उमेरमा क्यानडामा निधन भएको छ। श्वासप्रश्वासको समस्याबाट पीडित खानको केही समयदेखी क्यानडामा उपचार भइरहेको थियो।

‘गोपी’को ‘तेरो आफ्नो’

रिलिज मिति नजिकिँदै गएपछि फिल्म ‘गोपी’ले दोस्रो गीत ‘तेरो आफ्नो’ सार्वजनिक गरेको छ । शिव परियारको स्वर रहेको गीतमा विप्लव प्रतीकको शब्द र  कल्याण सिंहको संगीत छ ।

नेफ्टाको अध्यक्षमा लामा निर्विरोध

चलचित्र प्राविधिक संघ (नेफ्टा)को अध्यक्षमा पुष्कर लामा दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका छन्। संघको १९ औं साधारण सभाले अध्यक्षमा लामा र कोषाध्यक्षमा सुष्मा पौडेललाई निर्विरोध निर्वाचित गरेको हो।

‘चलचित्रः कला र प्रविधि’ सार्वजनिक

फिल्म निर्माणदेखि रिलिजसम्मको प्रक्रियालाई सुक्ष्म किसिमले लेखिएको पुस्तक ‘चलचित्रः कला र प्रविधि’ सार्वजनिक भएको छ। फिल्म, संगीत र साहित्यको अध्ययन र लेखनमा सक्रिय साहित्यकार प्रकाश सायमी लेखेको यो पुस्तकको राजधानीमा गत मंगलबार फिल्मकर्मी चेतन कार्की र त्रिभूवन विश्वविद्यालयका पूर्व उपकुलपति तथा शिक्षाविद केदारभक्त माथेमाले सार्वजनिक गरे।

देश चिनाउने फिल्म खोई ? (भिडियो)

शुक्रबार रिलिज हुने चलचित्र प्रसादमा निश्चल बस्नेत छोटो भूमिकामा छैनन्। छोटो मिठो भूमिकामा देखा पर्दै आएका उनी प्रसादमा 'नेगेटिभ क्यारेक्टर' मा देखिने छन्। 'यो फिल्मको भिलेन हो भन्दा पनि फरक पर्दैन', सोमबार नागरिक नेटवर्कको स्टुडियोमा उनले भने, 'यस्तो भूमिकामा यस अघि काम गरेको थिइन।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्