२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

‘ङ्याङला माया’सार्वजनिक

काठमाडौं – तामाङ भाषाको चलचित्र श्होङको पहिलो गीत ‘ङ्याङला माया’सार्वजनिक गरिएको छ। सोमबार एक औपचारिक कार्यक्रमका साथ उक्त गीत सार्वजनिक गरिएको हो।

औपचारिक कार्यक्रममा पत्रकार अर्जुन तामाङले उक्त गीत सार्वजनिक गरेका हुन्। श्होङको कथा सिंग बहादुर तामाङले लेखेका छन्। नायिकाको रुपमा याङजिला वाइवा रहेकी छिन्।

सिंगबहादुर तामाङको शब्द, रोशन फ्युबाको संगीत र निर्देशन,  जितु लोप्चन र मनोज लोप्चनको स्वर रहेको छ। उक्त चलचित्र फागुनमा प्रर्दशन हुने निर्माण पक्षले जनाएको छ।

प्रकाशित: ४ माघ २०७५ ०२:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App