१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
कला

नेफ्टाको अध्यक्षमा लामा निर्विरोध

काठमाडौं– चलचित्र प्राविधिक संघ (नेफ्टा)को अध्यक्षमा पुष्कर लामा दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका छन्। संघको १९ औं साधारण सभाले अध्यक्षमा लामा र कोषाध्यक्षमा सुष्मा पौडेललाई निर्विरोध निर्वाचित गरेको हो। 

अन्य पदमा भने मतदानबाट निर्वाचित गरिएको छ। जसअनुसार उपाध्यक्षमा विनोद लामा र अर्जुन प्रसाद पोखरेल, महासचिवमा शालिगराम दुलाल र सचिवमा दिव्यराज सुवेदी विजयी भएका छन्।

संघको सदस्यमा रामेश्वर कार्की, पिताम्बर पाण्डे, शोभा श्रेष्ठ, नवराज उप्रेती, देवराज गुरुङ, कृष्णबहादुर थापा, साहिल खान, दुर्गा प्रसाद पौडेल, सरोज वुढाथोकी, कमलप्रसाद मिश्र र माधव प्रसाद थपलिया निर्वाचित भएका छन्।

नवनिर्वाचित कार्यसमितिलाई फूलमान बल, बिष्णु प्रसाद सुबेदी र राजु धिमाल रहेको निर्वाचन कमिटीले पद तथा गोपनियताको सपथ गराउँदै प्रमाणपत्र हस्तान्तरण गरेको थियो।

प्रकाशित: १३ पुस २०७५ १३:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App