१२ मंसिर २०८१ बुधबार
image/svg+xml
कला

मार्सल आर्टस्मा ‘दि ग्राण्डमास्टर’

काठमाडौं – फिल्ममार्फत नेपाल र चीनको संस्कृति आदानप्रदान गर्ने उद्देश्यले राजधानीमा मंगलबारबा सुरु भएको ‘चिनियाँ चलचित्र महोत्सव’मा बुधबार ‘दि ग्राण्डमास्टर’ प्रदर्शन गरियो। वङ कार वाइ निर्देशित यो फिल्मले विङ चुन नामका पात्रको ग्राण्डमास्टर आइपी मेनको कथालाई देखाएको छ।

फिल्मले सन् १९३० ताका फोसन र दोस्रो जापान–सिनो युद्धपछिको अवस्थालाई प्रस्तुत गरेको छ। सन् २०१३ मा निर्माण भएको फिल्मले सन् १९३० ताका फोसन र दोस्रो जापान–सिनो युद्धपछिको अवस्थालाई प्रस्तुत गरेको छ। फिल्म हङकङ–चिनियाँ मार्सल आर्ट्समा आधारित छ। 

फिल्ममा टोनी लिउङ, झाङ जियी, चाङ चेन, झाओ बेन्सन, सोङ हे–क्यो र वाङ झिङझियाङको अभिनय छ। यो फिल्म सन् २०१३ को जनवरी ८ मा चीनमा रिलिज भएको थियो। फिल्म सन् २०१३ को फेब्रुअरीमा ‘६३ औं बर्लिन फिल्म फेस्टिभल’मा पनि देखाइएको थियो। यो फिल्म ‘हङकङ इन्टरनेसनल फिल्म फेस्टिभल’मा पनि छनौंट भएको थियो। यो फिल्म ८६ औं संस्करणको ‘ओस्कार अवार्ड’मा ‘बेस्ट फरेन ल्याङ्वेज फिल्म’ विधाको सर्ट लिष्टमा परे पनि मनोनयनमा भने अटाएन्। 

नेपालस्थित चिनियाँ दुतावाससँगको सहकार्यमा वल्र्ड कल्चरल नेटले आयोजना गरेको चार दिने महोत्सवमा बिहीबार ‘चाइनिज जोडाइक’, शुक्रबार ‘अन्डर दी हाउथ्रोन ट्री’ र शनिबार ‘पार्टनर’ प्रदर्शन गरिनेछ। महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीले उद्घाटन गरेका थिए।

प्रकाशित: १६ फाल्गुन २०७५ ०६:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App