‘साइनो’ गाँस्दै भुवन चन्द
दुई दशक अघि निर्माण भएको सुपरहिट फिल्म ‘साइनो’सँग मिल्दोजुल्दो नाम ‘साइनो’ राखेर नयाँ फिल्मको घोषणा गरिएको छ । २०२२ सालमा नेपालमा बनेको पहिलो फिल्म ‘आमा’की नायिका भुवन चन्द थापाले फिल्म निर्माण गर्न लागेकी हुन्।
दुई दशक अघि निर्माण भएको सुपरहिट फिल्म ‘साइनो’सँग मिल्दोजुल्दो नाम ‘साइनो’ राखेर नयाँ फिल्मको घोषणा गरिएको छ । २०२२ सालमा नेपालमा बनेको पहिलो फिल्म ‘आमा’की नायिका भुवन चन्द थापाले फिल्म निर्माण गर्न लागेकी हुन्।
धादिङमा जन्मिएका हरि सिलवाल सानैदेखि चलचित्रमा काम गर्न चाहन्थे । त्यसैले धादिङबाट प्रवेशिका परिक्षा उत्तिर्ण गरे लगत्तै सिलवाल चलचित्रमा भविष्य खोज्न राजधानी काठमाण्डौ प्रवेश गरे र संघर्ष गर्न थाले।
आर आर श्री स्कुल अफ टेक्नोलोजीले निर्माण गरेको एनिमेटेड चलचित्र ‘फष्ट ब्लड’ले ‘सम्मानजनक महिनावारीका’ विषयमा गरिएको चलचित्र प्रतियोगितामा पहिलो पुरस्कार स्वरुप ५० हजार नगद हात पारेको छ। डेनमार्कस्थित गैह्र सरकारी संस्था डिसिए नेपालले आयोजना गरेको छोटो भिडियो प्रतियोगितामा अन्य आठ फिल्मलाई उछिन्दै फष्ट ब्लड प्रथम हुन सफल भएको हो।
चलचित्र मालिकामा रेखा थापाले जाजरकोटकी कमला वलीलाई 'हिरो' बनाइन्। कार्तिक १६ गतेदेखि रिलिज हुने चलचित्रमा भेरी नगरपालिका १ कालेगाउँकी १५ वर्षिया कमला वलीको मुख्य भूमिका छ। पछिल्लो समय नारी प्रधान चलचित्र निर्माण गर्दै आएकी थापाले मालिका उत्पीडन विरुद्धको कथा भएको बताइन्।
चलचित्र मालिकामा रेखा थापाले जाजरकोटकी कमला वलीलाई 'हिरो' बनाइन्। कार्तिक १६ गतेदेखि रिलिज हुने चलचित्रमा भेरी नगरपालिका १ कालेगाउँकी १५ वर्षिया कमला वलीको मुख्य भूमिका छ।
मारम्हेन तामाङ चलचित्रको शुभमुहर्त गरिएको छ। राजधानीमा एक औपचारिक कार्यक्रमको साथ तामाङ कथानक चलचित्र मारम्हेनको शुभ मुहर्त गरिएको हो।
ट्रक ड्राइभर, अल्लारे जस्ता चलचित्रले दर्शकमाझ चिनिएका अशोक शर्मा १२ वर्षपछि निर्देशनमा फर्किए। नागरिक नेटवर्कको स्टुडियोमा आफ्नो नयाँ चलचित्र जय भोलेको टिम सहित आएका शर्मालाई प्रशान्त लामिछानेले प्रश्न सोधे, हिजो आज गीतले फिल्म चलाउन खोजेको जस्तो लाग्दैन ? शर्माको जवाफ थियो, 'गीत फिल्मको एउटा पाटो हो तर गीतले मात्र फिल्म चल्दैन।'
नेपाली चलचित्रमा पछिल्लो समयमा चलेकी नायिका हुन् स्वस्तिमा खड्का । उनले ‘दुई रुपैयाँ’ चलचित्रमा खेलेपछि दर्शकमाझ लोकप्रिय बनेकी स्वस्तिमाले थुप्रै चलचित्रमा अभिनय गरिसकेकी नायिका हुन् । उनले आफूलाई प्रिय लाग्ने कुरा नागरिक परिवारलाई बताएकी छन् ।
अशोक शर्मा चलचित्र निर्देशनमा १२ वर्ष पछि फर्किए। उनले निर्देशन गरेको चलचित्र जय भोले फूलपातीमा रिलिज हुँदैछ। शर्माले आफ्नो चलचित्र हेरेर दर्शकले हाँसो मात्र नवटुली ज्ञान पनि आर्जन गर्ने दावी गरेका छन्। 'फिल्म हेरेर दर्शक यसै फर्किनु पदैन', शर्माले भने, 'केही नयाँ ज्ञान उहाँहरुले पाउनु हुने छ।'
चलचित्र बिकास बोर्डले दुई हप्तापछि प्रदर्शनमा आउन लागेको फिल्म ‘कथा काठमाडौं’को प्रोमो अश्लिल भएको भन्दै एउटा च्यानलबाट हटाउन चेतावनी दिएको छ।
नेपाल चलचित्र संघले अमेरिकामा रहेका तीन नेपालीहरूको संगठनसँगको सहकार्यमा पपुलर फिल्म अवार्ड आयोजना गर्ने भएकोे छ। संघले सोमबार पत्रकार सम्मेलन गर्दै अवार्डका बारेमा जानकारी गराएको हो।
चलचित्र विकास बोर्डमा ‘रोजी’ नाम राखेर दर्ता गरिएको फिल्म ‘रोजी’ अब हलमा ‘रोज’ बनेर आउने भएको छ। आगामी भदौ २२ प्रदर्शनमा आउन लागेको फिल्मको नाम रिलिज मिति नजिकिँदै गएपछि परिवर्तन गरिएको हो।
नेपालगन्जको कथावस्तुलाई समेटर बनाएको राज्जा रानी फिल्मको सफलता पछि यम थापाले निर्देशन गरेको मेरी मामु फिल्म भदौमा रिलिज हुँदैछ। बालमनोविज्ञानमा आधारित फिल्मले समाजमा नयाँ सन्देश दिने फिल्म युनिटीले दाबी गरेको छ। फिल्म रिलिज हुने दिन नजिकिदै गर्दा अहिले निर्माण टोली र कलाकार देशभर फिल्मको प्रचारमा व्यस्त देखिएका छन्।
नेपाली सेनाले आयोजना गरेको लघु चलचित्र प्रतियोगिता २०७४ मा लघु चलचित्र ‘अटुट नाता’ उत्कृष्ट भएको छ । दिप पौडेलले निर्माण गरेको उक्त लघु चलचित्रले दुइ लाख रुपैयाँ नगद तथा सम्मान पत्र प्राप्त गरेको छ ।
चलचित्र पत्रकारिता दिवसको अवसर पारेर प्रदान गरिँदै आएको ‘चलचित्र पत्रकारिता पुरस्कार’ नयाँ पत्रिका दैनिकमा कार्यरत पत्रकार लक्ष्मण सुवेदी र टिभि फिल्मीमा कार्यरत सन्ध्या थापालाई प्रदान गर्ने निर्णय गरेको छ। उनीहरु दुवैले नगद २१ हजार रुपैयाँ, ताम्रपत्र तथा ट्रफी पुरस्कारवापत पाउनेछन्।