काठमाडौं– मारम्हेन तामाङ चलचित्रको शुभमुहर्त गरिएको छ। राजधानीमा एक औपचारिक कार्यक्रमको साथ तामाङ कथानक चलचित्र मारम्हेनको शुभ मुहर्त गरिएको हो।
ऋतुराज पाख्रिनद्धारा लेखिएको कथामा अजय स्याङतानले निर्देशन गर्ने निर्माण पक्षले जनाएको छ। यस चलचित्रमा नायक अमिर दोङ, नायिका रन्जिता ब्लोन र डोल्मा मनाङथेनले अभिनय गर्नेछन्। एभरेष्ट फेसन होमको ब्यानरमा निर्माण हुन लागेको सो चलचित्रले तामाङ चेलिबेचखिनको अवस्था र न्यूनिकरणलाई उठाएको नायिका रन्जिताले जानकारी दिइन । उक्त चलचित्रको छायाङकन दशै लगतै हुने जनाएको छ।
प्रकाशित: २५ आश्विन २०७५ १३:५९ बिहीबार