५ आश्विन २०८१ शनिबार
image/svg+xml

उसुमा निमाको कीर्तिमानी स्वर्ण

निमा घर्तीमगरले घरेलु मैदानमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत उसुमा बिहीबार स्वर्ण जित्दै लगातार दोस्रो संस्करणमा स्वर्ण जित्न सफल भएकी छन्। निमा घर्तीमगरले घरेलु मैदानमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत उसुमा बिहीबार कीर्तिमानी स्वर्ण जितेकी छन्।

भारतीय खेलाडीलाई हराउँदै भुपेनले जिते स्वर्ण

१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा तेक्वान्दोका भुपेन श्रेष्ठले स्वर्ण पदक जितेका छन्। उनले भारतका अक्षय होडालाई २९-२६ को स्कोरमा हराउँदै स्वर्ण पदक हात पारेका हुन्। उनले ८७ केजी तौल समूह मुनि प्रतिस्पर्धा गरेका थिए।

१३ औं साग : ३१ स्वर्णको कीर्तिमान बराबरी

दक्षिण एसियाली खेलकुद सागमा सफल आठौं संस्करणको ३१ स्वर्णको कीर्तिमान बिहीबार बराबरी भएको छ। नेपालमा जारी १३ औ सागमा नेपालले बिहीबार दुई स्वर्ण थप्दै तालिकामा ३१ औं स्वर्ण पुर्‍याउँदा नेपालको कीर्तिमानी साग इतिहासमा बराबरी भएको हो।

लाहुरे सपनालाई उसुको स्वर्ण

सान्डामा बुधबार नेपालले दुई कांस्य जित्यो। बंगलादेशले ५, श्रीलंकाले ४ र भारतले दुई कांस्य पदक प्राप्त ग¥यो। बिहीबार थाउलोमा तीन र सान्डामा १४ गरी १७ स्वर्ण पदकको टुंगो लाग्नेछ।

नेपाललाई २ स्वर्ण, ३ रजत र १ कांस्य

अन्तिम दिन मिक्स ट्रायथलनमा नेपालले रजत पदक जित्दै पोखरामा आयोजित ट्रायथलन प्रतियोगिता टुंग्याएको छ। १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताअन्तर्गत बुधबार अन्तिम दिन मिक्स ट्रायथलनमा नेपाली टोलीले निर्धारित दूरी १ घण्टा ३८ मिनेट २८ सेकेन्डमा पूरा गर्दै रजतमा चित्त बुझायो।

तेक्वान्दो स्वर्णिम युगनजिक

संगीता बस्याल र सक्षम कार्कीले घरेलु मैदानमा जारी १३औं दक्षिण एसियाली खेलकुद(साग)मा स्वर्ण जित्दा नेपाली तेक्वान्दो आफ्नो स्वर्णिम युगनजिक पुगेको छ। सातदोबाटोस्थित तेक्वान्दो एकेडेमी हलमा बुधबार सम्पन्न फाइटतर्फ प्रतिस्पर्धामा संगीता र सक्षमले स्वर्ण जितेपछि नेपाली तेक्वान्दो आफ्नो स्वर्णिम इतिहासनजिक पुगेको हो।

करातेबाट नेपाललाई १० स्वर्ण

कुल १९ मध्ये १० स्वर्ण जित्दै नेपालले करातेको प्रतिस्पर्धा टुंग्याएको छ। बाँकी ९ मध्ये पाकिस्तानले ६ तथा बंगलादेशले ३ स्वर्ण जिते। करातेको अन्तिम दिन बुधबार नेपालकी अनुपमा मगरले स्वर्ण जितिन्। तीन स्वर्ण भने पाकिस्तानले हात पारेको छ।

सयाैं स्वर्णकाे काेसेढुंगा पार

नेपालले दक्षिण एसियाली खेलकुद (साग) इतिहासमा स्वर्ण पदक संख्या एक सय पु-याएको छ। सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीमा बुधबार भएको पुरुष ८७ केजी तौल समूहमा सक्षम कार्कीले पाकिस्तानका वाकर अलीलाई हराउँदै स्वर्ण जिते, जुन दक्षिण एसियाली राष्ट्रहरुको ओलम्पिकका रुपमा हेरिएको सागमा नेपालको सयौंं स्वर्ण पदक हो।

नेपालले जितेका २९ स्वर्णहरु (सूची सहित)

१३ औं दक्षिण एसियाली खेलकूद (साग)को चौंथो दिन (अपराह्न ५ बजेसम्म) नेपालले २९ वटा स्वर्ण जितेको छ।

भलिबलमा स्वर्ण लक्ष्य अधुरो

महिला भलिबलबाट नेपाललाई स्वर्ण पदक दिलाउने लक्ष्य मंगलबार अधुरै रहँदा भारत १३औं दक्षिण एसियाली खेलकुद (साग)को च्याम्पियन बनेको छ ।

होचो कदको अग्लो जित

होचो कद र सानो जिउडालकी तेक्वान्दो खेलाडी काजल श्रेष्ठका लागि मंगलबार विशेष दिन नै रह्यो । घरेलु मैदानमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग)मा फाइटतर्फ स्वर्ण जितेपछि राष्ट्रिय टोलीकी सानी काजलको दिन विशेष बन्न पुग्यो ।

मिलिसेकेन्डले स्वर्ण कब्जा

एथ्लेटिक्समा नेपालका लागि सन्तोषी श्रेष्ठले १० हजार मिटर दौडमा मंगलबार स्वर्ण पदक जितेकी छिन् । दशरथ रंगशालाको ट्य्राकमा भएको दौडमा पहिलो ल्यापबाटै अग्रता लिएकी सन्तोषीले निर्धारित दूरी ३५ मिनेट ७.९४ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेकी हुन् । यता १ मिलिसेकेन्डले पछि पर्दै भारतकी कविता यादवले रजतमा चित्त बुझाइन् । श्रीलंकाकी निलन्थी लंकाले ३५.५९.०२ मा निर्धारित दौड पूरा गर्दै कांस्य पदक हात पारिन् ।

मंगलबार नेपाललाई थप पाँच उपाधी, स्वर्ण संख्या २०

तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत आज बिहान भएका विभिन्न खेलमा नेपालले थप पाँच स्वर्ण पदक जितेको छ

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्