५ आश्विन २०८१ शनिबार
image/svg+xml

नेपाललाई थप दुई कास्य

१३औं दक्षिण एसियाली खेलकुद(साग) अन्तरगत १५ सय मिटर दौडमा नेपालले एउटा कास्य हात पारेको छ। मंगलबार बिहान भएको खेलमा नेपालका टंक कार्कीले कास्य हात पारेका हुन्।

मन्डेकाजीलाई करातेमा दुई स्वर्ण

मन्डेकाजी श्रेष्ठ जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालबाट स्वर्ण पदक जित्ने पहिलो खेलाडी बनेको दिन नेपालले सोमबार करातेमा ७ स्वर्ण हात पारेको छ। करातेतर्फ पहिलो दिन भएका नौ स्पर्धामा नेपालले ७ तथा पाकिस्तानले दुर्ईमा स्वर्ण पदक हात पारेका हुन्।

दुई सन्तानकी आमालाई दुई स्वर्ण

दुई सन्तानकी आमा आयषा शाक्यले घरेलु मैदानमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) मा तेक्वान्दोको पुम्से विधामा दुई स्वर्ण जित्दा नेपालले कुल सात स्वर्ण हात पारेको छ।

तेक्वान्दोमा नेपाललाई सात स्वर्ण

नेपालले घरेलु मैदानमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा तेक्वान्दोको पुम्से विधातर्फ कुल सात स्वर्ण जितेको छ। सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको एकेडेमी हलमा मंगलबार सम्पन्न १३ स्वर्णको प्रतिस्पर्धामा नेपालले ७ स्वर्ण जितेको हो।

आयशाले जितिन् स्वर्ण

१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा तेक्वान्दोको पुम्सेमा आयशा शाक्यले स्वर्ण पदक जितेकी छन्। उनले ७.०४० अंकका साथ ३० वर्षमाथिको प्रतिस्पर्धामा स्वर्ण जितेकी हुन्।

ट्रायथोलनमा नेपाललाई स्वर्ण

ट्रायथोलनमा नेपालकी सोनी गुरुङले स्वर्ण पदक जितेकी छन्। तीन देशका प्रतिस्पर्धीलाई पछि पार्दै उनले स्वर्ण जितेकी हुन्। भारत र श्रीलंका ले सहभागिता जनाएका थिए । यो सँगै नेपाललाई दुई स्वर्ण पदक हात लागेको छ। कँरातेको व्यक्तिगत काताको पुरुषतर्फ नेपालका मण्डेकाजी श्रेष्ठले नेपाललाई पहिलो स्वर्ण दिलाएका थिए। उनले पाकिस्तानका नियमातुल्हालाई फाइनलमा हराउँदै पहिलो स्वर्ण दिलाएका हुन्।

१३ औं सागमा नेपाललाई पहिलो स्वर्ण

नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा पहिलो स्वर्ण जितेको छ। पुरूष एकल कातामा कराँतेका मण्डेकाजी श्रेष्ठले स्वर्ण जितेका हुन्। उनले २५.७२ अंक पाउँदा पाकिस्तानका खेलाडी निएमातुलिएहले २४.९२ अंक पाए।

ट्रायथोलनमा भारतलाई स्वर्ण

१३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत पोखरामा आयोजित ट्रायथोलनको पहिलो स्वर्ण भारतीय खेलाडीको पोल्टामा परेको छ। भारतीय खेलाडी आर्दशमान सिनामोलले स्वर्ण जित्दा भारतकै खेलाडी विश्वजित सकिमले रजत पदक जिते। नेपाली खेलाडी निकेश मानन्धरले भने कास्य पदकमा चिक्त बुझाए। यद्यपी अफिसियल टाईमिङ भने आईपुगेको छैन्। अहिल महिलाको प्रतिस्पर्धा भईरहेको छ।

स्वर्ण दाबेदार तुलसा साग छोडर कतारतिर

साग मुखैमा आइरहेको समयमा बन्द प्रशिक्षणमा रहेकी क्षेत्री रोजगारका लागि कतार गएकी हुन। ४ सय मिटर र ४ सय मिटर हर्डल्स तर्फको खेलमा प्रतिस्पर्धा गर्ने खेलाडी तुलसा खत्रीले सागलाई वेवास्ता गर्दै वैदेशिक रोजगारका लागि कतार गएकी हुन।

स्वर्ण विजेता टोलीमा चिकित्सक

गत वर्ष मात्र नेपाली सेनाको महासेनानी पदमा रहँदै स्वैच्छिक अवकाश लिएका राईले सरकारले स्वर्ण विजेताका लागि दिने मासिक ४ हजार भत्ता एक अनाथालयलाई दिने गरेको बताए।

तेक्वान्दोका सञ्जीव र राजुलाई स्वर्ण

नेपालका सञ्जीव नेपाली र राजु नगरकोटीले इङ्ल्यान्डमा सम्पन्न ब्रिटिस ओपन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन्।

भारतको अनुपस्थितिले स्वर्ण खुला

खेलाडीको अन्तिम लक्ष्य स्वर्ण पदक नै हो। घरेलु मैदानमा जित्ने सम्भावना अझ बढी हुन्छ। आर्चरीमा अहिले स्वर्ण पदकको प्रतिस्पर्धा खुला भएको छ। भारतको अनुपस्थितिले बाँकी ५ देशले स्वर्ण पदकका लागि दाबी गर्ने सम्भावना बराबर देखिन्छ।

'परिपक्वताको अभाव बढ्दै'

‘एथ्लेटिक्समा अहिले थुप्रै खेलाडी निस्किए। उनीहरूमा परिपक्व खेल छैन। एउटा प्रतियोगितामा सहभागिता जनाएको खेलाडी त्यस्तै अर्को प्रतियोगितामा सहभागिता जनाउँदैन। दत्तचित्त भएर समय सुधारका लागि प्रयास गर्ने खेलाडी कमै भए।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्