५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

तेक्वान्दोका सञ्जीव र राजुलाई स्वर्ण

काठमाडौं – नेपालका सञ्जीव नेपाली र राजु नगरकोटीले इङ्ल्यान्डमा सम्पन्न ब्रिटिस ओपन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन्। म्यानचेस्टरस्थित जर्ज कर्नल लेजर सेन्टरमा भएको च्याम्पियनसिपमा सञ्जीव र राजुले पुम्से विधातर्फ स्वर्ण पदक जितेका हुन्। युके तेक्वान्दो एसोसिएसनको आयोजनामा भएको च्याम्पियनसिपमा सञ्जीवले पुरुष ४० वर्ष उमेरसमूहमुनिको व्यक्तिगत पुम्सेमा नेपाललाई स्वर्ण पदक दिलाएका थिए।

सञ्जीवले गत साउनमा थाइल्यान्डमा सम्पन्न सोही उमेरसमूहको व्यक्तिगत पुम्सेमा पनि कांस्य पदक जितेका थिए। यस पटक भने तयारी राम्रो भएकाले स्वर्ण जित्न सफल भएको सञ्जीवले बताए। ‘करिब तीन महिना प्रशिक्षण गरिरहेका थियौं। साथै यस पटक राम्रो तयारी पनि गरेका थियौं,’ सञ्जीवले भने, ‘त्यसैले पछिल्ला अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको तुलनामा राम्रो नतिजा प्राप्त भयो।’

राजुले भने ५० वर्षमाथिको व्यक्तिगत पुम्सेमा स्वर्ण पदक जितेका थिए। उक्त च्याम्पियनसिपमा आयोजक राष्ट्रसहित आयरल्यान्ड, फिनल्यान्ड, ग्रिस, जोर्डन, फिनल्यान्ड, इटाली, स्पेन, भारत र आइल्यान्डका खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित: १० मंसिर २०७६ ०१:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App