coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

करातेबाट नेपाललाई १० स्वर्ण

काठमाडौं - कुल १९ मध्ये १० स्वर्ण  जित्दै  नेपालले करातेको प्रतिस्पर्धा टुंग्याएको छ। बाँकी ९ मध्ये  पाकिस्तानले ६ तथा बंगलादेशले ३  स्वर्ण जिते। करातेको अन्तिम दिन बुधबार नेपालकी अनुपमा मगरले स्वर्ण जितिन्।  तीन स्वर्ण भने पाकिस्तानले हात पारेको छ।

महिलाको ६८ केजीभन्दा माथिको तौल समूहमा पाकिस्तानकी नर्गिसलाई ६–३ ले हराउँदै अनुपमाले स्वर्ण जितेकी हुन्।  सो स्पर्धामा बंगलादेशका अबिदब सुल्ताना र श्रीलंकाकी कुल्थुंगा विजयनले कांस्य पदक जिते। कुमुतेको पुरुष ५० किलो तौलसमूहको फाइनलमा पाकिस्तानका नोमार्नन अहमदले श्रीलंकाका थाल्पीवाला कान्कानमागेंलाई ६–५ ले हराउँदै स्वर्ण पदक जिते। सो स्पर्धामा बंगलादेशका मोहम्मद सोबाज मिया र नेपालका सोनाम लामाले कांस्य प्राप्त गरे।

महिला टिम कुमुतेमा पाकिस्तानले बंगलादेशलाई ६–४,३–७,१४–४ ले हराउँदै स्वर्ण पदक जित्यो। सो स्पर्धामा नेपाल र श्रीलंकाले कांस्य जिते। पुरुष टिम कातामा श्रीलंकालाई २–२, ९–५, र ५–२ ले हराउँदै पाकिस्तानले स्वर्ण पदक जित्यो। सो स्पर्धामा नेपाल र बंगलादेशले कांस्य पदक जिते।

प्रकाशित: १९ मंसिर २०७६ ०१:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App