४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सांसद भए दुई वर्षभित्रमा जोरपाटी–साँखु सडकखण्ड निर्माण सम्पन्न गराउँछु: ओनसरी घर्ती

गठबन्धनको तर्फबाट उम्मेदवार बन्नेकी नेकपा (माओवादी केन्द्र) की नेता घर्तीले आफू निर्वाचित भएमा दुई वर्षसम्म जोरपाटी–साँखु सडकखण्डको स्तरोन्नती तथा निर्माण कार्यसम्पन्न गराउने घोषणा गरेकी छन्।

यस कारण गरे सभामुख सापकोटाले चुनाव नलड्ने घोषणा

सिंहदरवारमा शनिबार पत्रकार सम्मेलन र त्यसपछि एक बक्तब्य जारी गर्दै सापकोटाले प्रतिनिधिसभा निर्वाचन नलड्ने घोषणा गरेका हुन्।

सिन्धुपाल्चोकमा एमालेबाट शेरबहादुर तामाङ र सरेश नेपाललाई टिकट, प्रदेशमा क-कसले पाए?

नेकपा एमालेले सिन्धुपाल्चोक प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.१ मा सरेश नेपाल र २ मा शेरबहादुर तामाङलाई उम्मेदवार बनाएको छ।

एमालेको सचिवालय बैठक सुरु, चुनावी तालमेल गर्ने विषयमा छलफल हुँदै

बैठकमा लोकतान्त्रिक समाजवादी, राप्रपा, राप्रपा नेपाल लगायतका दलहरूसँग चुनावी तालमेल गर्ने विषयमा पनि छलफल हुने जनाइएको छ।

रौतहटमा गठबन्धनको टिकटका लागि हानथाप

गत संसदीय निर्वाचनमा रौतहट क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद अनिलकुमार झा लोसपामा रहेकाले गठबन्धनबाट शीर्ष नेता माधवकुमार नेपाललाई सबै दलले सघाउने स्थिति बनिसकेको छ।

सुरक्षा निकायका प्रमुखहरू जंगी अड्डामा

आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली सेनासहितका सुरक्षा निकायका प्रमुखबीचमा सैनिक मुख्यालयमा छलफल भएको छ।

नागरिकताको विषयलाई गठबन्धन र एमालेले राजनीति गरेः सिपी गजुरेल

निर्वाचन बहिष्कार गर्ने राजनीति दलहरुमा मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, नेपाल कम्युनिष्ट पार्टी (बहुमत), नेकपा (मसाल) र माओवादी कम्युनिष्ट पार्टी नेपालले आगामी निर्वाचन बहिष्कार गरेका हुन्।

निर्वाचनमा मेरो जिल्लामा गठबन्धन नगर्ने भए ७७ वटै जिल्लामा गर्नु हुँदैनः प्रेम आले

'स्थानीय निर्वाचन हुनुभन्दा अगाडि काठमाडौँको मेयर बालेनको मत कति थियो? स्वतन्त्र रुपमा निर्वाचित हुनुभयो। उहाँको मत कति थियो? उहाँको कुनै मत नै थिएन। त्यसलाई स्थानीय निर्वाचनलाई आधार मानेर दलहरुले विद्रोहको प्रयास गरिराखेका छन्। यसप्रति हाम्रो एकदमै ध्यानाकर्षण भएको छ।’

प्रतिनिधि सभाको कार्यकाल सकिएको भन्दै एमालेले गर्‍यो सांसदलाई बिदाइ

बैठकमा सम्बोधन गर्दै पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा हुँदा गरेका कामहरुको फेहरिस्त बोकेर निर्वाचनमा जान निर्देशन दिएको उनले जानकारी दिए। त्यसैगरी गठबन्धन सरकारले मुलुक र जनताको अहितमा गरेका कामहरुको भण्डाफोर गर्न पनि अध्यक्ष ओलीले निर्देशन दिएको उनले उल्लेख गरे।

सांसदहरुको हाजिर बायोम्याट्रिक प्रणालीमा हुनुपर्छः भीमसेनदास प्रधान

सांसद प्रधानले संसद बैठकमा गणकपुरक सख्या नपुग्दा तीन मिनेट घण्टी बझाउनुपर्ने स्थिति भएको भन्दै संसदहरुप्रति नकारात्मक समाचार बाहिर गएको बताए। उनले सांसदहरुको बायोम्याट्रिक प्रणालीमा हाजिर गर्ने व्यवस्था गरी संसदमा बस्ने र नबस्ने सांसदहरुको सही मूल्यांकन हुनुपर्ने बताए।

दलका समर्थकको नाम राख्ने होडबाजी: तीन सिटका लागि सिफारिस हुनेको लर्को

कालिकोट जिल्लामा क्रियाशिल राजनीतिक दलले प्रदेशसभा र प्रतिनिधिसभामा प्रत्यक्ष लड्ने र समानुपातिकका लागि जिल्लाबाट सिफारिस हुनेको लर्को लागेको छ।

आगामी निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना खुल्यो

प्रहरी प्रधान कार्यालय नक्शालले आज सूचना जारी गरी भर्ना खुलेको जानकारी दिएको हो।

सिन्धुपाल्चोक-१ बाट सभामुख सापकोटासहित तीन जनाको नाम सिफारिस

पार्टी पोलिटब्यूरो सदस्य माधव सापकोटा र फुलम लामा पनि यसै क्षेत्रबाट उम्मेदवार सिफारिस भएका छन्। एमालेसमेतको मतमा २०७४ को प्रतिनिधि सभा चुनाव सभामुख सापकोटाले यसै क्षेत्रबाट जितेका थिए। त्यतिबेला उनले काँग्रेस उम्मेदवार मोहनबहादुर बस्नेतलाई पराजित गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्