१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

आगामी निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना खुल्यो

आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना खुलेको छ। प्रहरी प्रधान कार्यालय नक्शालले आज सूचना जारी गरी भर्ना खुलेको जानकारी दिएको हो।

कार्यालयले १ लाख १५ हजार जना म्यादी प्रहरीका लागि भर्ना खुलेको जनाएको छ। भर्ना हुन इच्छुकले यही भदौ ३० गतेदेखि असोज ६ गतेसम्म दरखास्त दिन सक्ने छन्।  

दरखास्त सबै जिल्लाका जिल्ला प्रहरी कार्यालयमा दिन सकिने कार्यलयले जनाएको छ। १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका र साधारण लेखपढ गर्न जान्नेहरुले दरखास्त दिन सक्ने छन्।

प्रकाशित: २६ भाद्र २०७९ ०२:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App