५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

दलका समर्थकको नाम राख्ने होडबाजी: तीन सिटका लागि सिफारिस हुनेको लर्को

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्ने क्रम जारी छ। कालिकोट जिल्लामा क्रियाशिल राजनीतिक दलले प्रदेशसभा र प्रतिनिधिसभामा प्रत्यक्ष लड्ने र समानुपातिकका लागि जिल्लाबाट सिफारिस हुनेको लर्को लागेको छ।  

दलका समर्थकहरु सिफारिसमा आ–आफ्नो नाम समावेश गराउन निकै सक्रिय भएका छन् भने दलका नेताहरु पनि आर्थिक संकलन गदै नाम समावेश गराउन प्रतिस्पर्धामा छन। चार  दलले  एक सय ११ जनाको नाम सिफारिस गरेका छन्। प्रदेशसभा तथा प्रतिनिधिसभाका लागि दावी गर्नेहरु वैशाख ३० को स्थानीय सरकारका वडा अध्यक्षदेखि पालिका प्रमुखहरुसम्म छन्। 

नेकपा एमाले कालिकोटले प्रतिनिधिसभाको एक मात्र निर्वाचन क्षेत्र प्रत्यक्षका लागि एक जनाको नाम सिफारिस गरेको छ। जिल्ला इन्चार्ज नगेन्द्र शाही (नेश्नल)को नाम एकल सिफारिस छ भने समानुपातीक तर्फ नौ जना सिफारिस भएका छन्।  

प्रदेश निर्वाचन क्षेत्र तर्फ प्रदेश (क)का लागि छ,जना प्रत्यक्ष तर्फ  पाँच जना,समानुपातिक तर्फ गरी ११ जनाको नाम सिफारिस गरेको छ। प्रदेश (ख) निर्वाचन क्षेत्रका लागि दश जना प्रत्यक्ष तर्फ र समानुपातीक तर्फ छ जना गरी १६ जनाको नाम सिफारिस गरेको छ।

एमाले कालिकोटका उपाध्यक्ष दयाराम सिम्खाडाले प्रतिनिधिसभा र प्रदेशसभा गरी जम्मा तिन निर्वाचन क्षेत्रका लागि सबै क्षेत्रको प्रतिनिधित्व गराउदा ३७ जनाको नाम सिफारिस गरिएको जानकारी दिए। उनले पुराना नेता प्रेमबहादुर सिहं,राष्ट्रिय योजना आयोगका पुर्व सदस्य मिनबहादुर शाही,संस्थापक नेता नयरुप धमाला प्रतिनिधिसभा समानुपातिकमा सिफारिस भएको बताए।  

नेपाली काग्रेसले तरुण दलका महामन्त्री भुपेन्द्रजंग शाहीलाई प्रतिनिधिसभाका लागि सिफारिस गरेको छ भने अरु समानुपातिक र प्रत्यक्ष प्रदेशसभा तर्फ सबै गरी ५० जनाको नाम सिफारिस गरेको छ।  

सबै भन्दा पहिला नेकपा एकिकृत समाजवादीले १३ जनाको नाम सिफारिस गरेको थियो। पूर्व सबिधान सभा सदस्य तुलाराम बिष्टलाई प्रतिनिधिसभा र पूर्व प्रदेशसभा सदस्य कुर्मराज शाहीलाई प्रदेश (क) र केन्द्रीय सदस्य तुलाराज सिम्खडा,बिश्वराज बम लगाएतका नेता प्रदेश (ख) बाट सिफारिस गरी सबै तर्फ १३ जनाको नाम सिफारिस गरेको हो।

प्रदेश सभा (ख) मा सिफारिस भएका नेता तुलाराज सिम्खाडाले गठवन्धन हुँदा प्रदेश (ख) समाजवादीको भागमा पर्ने र त्यसका लागि टिकट पनि आफ्नो पक्का जस्तै भएको बताए। उनले सबै दावेदारले नाम मात्र राखौं भाग परेको खण्डमा तपाइ नै हो भन्नु भएकाले आफुले टिकट पाउने पक्का जस्तै भएको सुनाए।  

कालिकोटमा प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रले पुर्व मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको नाम एकल सिफारिस गरेको छ। प्रदेश (क) मा वर्तमान प्रतिनिधि सभा सदस्य दुर्गबहादुर रावत र प्रदेश (ख) का लागि राष्ट्रिय सभाका पूर्व सदस्य जिवन बुढाको नाम पनि एकल सिफारिस गरेको छ।

माओवादी केन्द्रले प्रत्यक्ष तर्फ एकल सिफारिस गरेपनि समानुपातीकमा भने आठ जनाको नाम सिफारिस गरेको छ। माओवादी केन्द्र कालिकोटका संयोजक लक्ष्मी प्रसाद चौलार्गाइँले  सबै तर्फको प्रतिनिधित्व गराउदा समानुपातिक तर्फ आठ जनाको नाम सिफारिस भएको सुनाए।  

सत्ता गठबन्धनको सयुक्त चुनावी मोर्चाका लागि संघमा माओवादी र प्रदेशमा नेकपा एस र नेपाली काग्रेसले भाग पाउने मोटामोटी सहमती भएको छ। गठबन्धन भएको खण्डमा पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही र एमालेका नगेन्द्र शाही बीच प्रतिस्पर्धा हुने छ। 

प्रकाशित: २८ भाद्र २०७९ ०५:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App