४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सार्कका महासचिव सियाल र उपराष्ट्रपति पुनबीच भेट

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का नवनियुक्त महासचिव अजमद हुसेन बी सियालले शिष्टाचार भेट गरेका छन्। आज अपरान्ह उपराष्ट्रपतिको कार्यालय, बहादुरभवन कान्तिपथमा उपराष्ट्रपतिसँग सार्कका नवनियुक्त महासचिवले शिष्टाचार भेट वार्ता गरेका हुन्।

सार्क साहित्यमा नेपाली अनुहार

अभिको विद्वत्ता, सिर्जनशीलता, प्रतिष्ठा र वयका हिसाबले अजीतबाट भएको त्यो चयन गज्जबको थियो भन्न कजुस्याइँ गर्नुपर्दैन । अब श्रीमती अजीतले विश्वासका साथ दिएको जिम्मेवारी सुवेदीले कति निष्पक्षता र इमानदारीका साथ पूरा गर्दै आउनुभयो त्यो भने कि त अजीतले कि भने उहाँ स्वयंले मूल्यांकन गर्ने विषय हो ।

सार्कका नयाँ महासचिव सियाल

पाकिस्तानी कूटनीतिज्ञ अमजद हुसेन बी. सियालले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को  नयाँ महासचिवको जिम्मेवारी सम्हालेका छन्। आगामी तीन वर्षसम्म सियालले सो जिम्मेवारी काठमाडौंस्थित सार्क सचिवालयमा रहेर निर्वाह गर्ने छन्।

टर्‍यो सार्क सचिवालय खाली हुने खतरा

भारत–पाक तनावका कारण विगत केही महिनादेखि अवरुद्ध दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को प्रक्रियाले गति लिने भएको छ। भारत र पाकिस्तान एकअर्काको चासो सम्बोधन गर्न सकारात्मक भएपछि अवरुद्ध प्रक्रियाले गति पाउने भएको हो।

सार्क कार्यक्रम समितिको बैठक सुरु

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) कार्यक्रम समितिको ५३औँ बैठक बुधबार काठमाडौंमा सुरु भएको छ।

दक्षिण एसियाली राष्ट्रहरूले छलफल गर्ने साझा मञ्च हाे सार्कः अध्यक्ष वैद्य

सार्क चेम्बरका अध्यक्ष सुरज वैद्यले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मञ्चलाई मुलुकको हितमा उपयोग गर्नुपर्नेमा जोड दिएका छन्।

जसले सार्कको लोगो बनाए

विस २०४४ सालतिर दक्षिण एसियाली सहयोग संगठन (सार्क)को लागि लोगो कोर्दे गर्दा उनी १९ वर्षका लक्का जवान थिए। लोगोका लागि त्यतिबेला सार्क राष्ट्रबाट छानिएका सात उत्कृष्ट चित्रबीच प्रतिस्पर्धा हुँदैथियो, शैलेन्द्र महर्जनले कोरेको चित्र प्रतियोगितामा प्रथम बन्यो।

कहाँ छन् सार्क सम्मेलनमा सजाइएका गमला

२०७१ मंसिरमा भएको सार्क सम्मेलनमा सजाउन काठमाडौं महानगरपालिकाले लाखौं खर्चेर राजधानीका मुख्य सडकमा दुवै छेउमा राखेका गमलामध्ये अधिकांश अहिले देखिँदैनन्। त्यसबेला राजधानीलाई सजाउन र हरियो देखाउन राखिएका ५ सयभन्दा बढी गमलामध्ये अहिले सडकमा मुश्किलले ५० वटा पनि छैनन्।

भारत-पाक तनाव र सार्क

भारत र पाकिस्तानबीच तीनपटक प्रत्यक्ष भिडन्त भइसके। यी दुवै मुलुकमा राष्ट्रवादी बन्ने पहिलो सर्त नै एकअर्काप्रति आपसमा कसले/कति घृणाको आगो ओकल्न सक्छ भन्ने हो। आगो लगाउने र तेल थप्ने काम पुुग्ाांपण्डित र कठमुल्ला गर्छन् भने सत्ताप्यासा राजनीतिकर्मीहरु त्यसैमा हावा फुक्ने गर्छन्।

१९औं सार्क शिखर सम्मेलन स्थगित

आगामी कात्तिक २३ र २४ गते पाकिस्तानको इस्लामाबादमा हुने तय भएको दक्षिण एसियाली सहयोग संगठन (सार्क) को १९ औं शिखर सम्मेलन स्थगित भएको छ। भारतसहित पाँच सदस्य राष्ट्रले इस्लामाबाद आतंकको छायामा रहेको जनाउँदै सम्मेलनमा सहभागी नहुने बताएपछि आयोजक सदस्य पाकिस्तानले शुक्रबार सम्मेलन स्थगन गरेको हो।

अन्योलमा सार्क

नयाँदिल्ली र इस्लामाबादबीच विकसित पछिल्ला घटनाक्रमको सिकार दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) बन्ने लक्षण देखिँदै छ। १९औं सार्क शिखर सम्मेलनको संघारमा यी दुई देशबीचको तनावले यो क्षेत्र अशान्त बन्न पुगेको छ। कुनै बेला एउटै रहेका र सन् १९४७ मा विभाजन भएका यी दुई मुलुुकबीच त्यसपछिका समयमा खासै न्यानो सम्बन्ध बन्न सकेको छैन।

सार्क पुनःसंरचना आवश्यक : प्रधानमन्त्री

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सदस्य राष्ट्रबीच तनाव बढिरहेका बेला बिहीबार राजधानीमा सार्क प्रभावकारिताबारे क्षेत्रीय सम्मेलन सुरु भएको छ। दुई दिन चल्ने सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले सार्क बडापत्र सुधार गरिनुपर्ने बताए।

सार्क सम्मेलन विवादमुक्त बनाउन नेपालले पहल गर्नुपर्छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कको १९औं शिखर सम्मेलनलाई विवादमुक्त बनाउन नेपालले पहल गर्नुपर्ने बताएका छन्। एमाले सम्पर्क समन्वय समितिद्वारा आयोजित शुभकामना कार्यक्रममा उनले सार्क सम्मेलन विवादमा आएको समयमा त्यसलाई समाधान गर्न नेपाल अध्यक्ष राष्ट्रका हैसियतले प्रधानमन्त्रीले पहल गर्नुपर्ने बताए।

सार्क छलफल काठमाडाैंमा सुरू, प्रधानमन्त्रीद्वारा उद्घाटन

प्रधानमन्त्री पुष्पकमल दाहालले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को प्रभावकारितासम्बन्धी छलफलको बिहीबार राजधानीमा उद्घाटन गरेका छन् ।

सार्क संसद् सम्मेलन आज काठमाडाैंमा

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को शिखर सम्मेलन प्रभावकारी बनाउने उद्देश्यले बिहीबार काठमाडौंमा सार्क संसद् सम्मेलन हुँदै छ । पूर्वप्रधानमन्त्री, उपप्रधानमन्त्री तथा परराष्ट्र विज्ञको छलफलबाट सार्कलाई प्रभावकारी बनाउन ठोस निर्णय गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिए पनि अन्तिम समयमा भारतलगायत मुलुकका पूर्वप्रधानमन्त्रीले सहभागिता रद्ध गरेका छन् । व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले आयोजना गरेको सम्मेलनमा विशिष्ट व्यक्तिको रूपमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल मात्र सहभागी हुने समितिका सदस्य लालबाबु यादवले जानकारी दिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्