५ आश्विन २०८१ शनिबार
image/svg+xml

भारत–पाकिस्तानको टकरावले सार्क सम्मेलन प्रभावित

भारतले हाल सार्कको अध्यक्ष नेपाललाई यसबारे जानकारी दिइसकेको छ। त्यस्तै बुधबार सार्क सदस्य बंगलादेश, भुटान र अफगानिस्तानले पनि विभिन्न कारण देखाउँदै सार्क सम्मेलनमा सहभागी नहुने संकेत गरेपछि पाकिस्तानको राजधानी इस्लामाबादमा नोभेम्बर ९ र १० मा हुने भनिएको १९ औ सार्क शिखर सम्मेलन अन्योलग्रस्त बनेको छ।

भारतपछि अब बंगलादेशले पनि सार्क सम्मेलनमा भाग नलिने

पाकिस्तानमा हुने आगामी सार्क शिखर सम्मेलनमा बंगलादेशले पनि सहभागीता नजनाउने बताएको छ। बंगलादेशकी प्रधानमन्त्री शेख हसिनका प्रेस सल्लाहाकार इकबाल शोभमले सार्क सम्मेलनमा भाग नलिने बताएको बीबीसीले जनाएको छ।

भारतले सार्क सम्मेलन बहिष्कार गर्ने

काठमाडौं- भारतले कात्तिक अन्तिम साता पाकिस्तानको इस्लामाबादमा आयोजना हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १९औं शिखर सम्मेलन बहिष्कार गर्ने जनाउ दिएको छ।

सार्क खाद्य बैंकलाई क्रियाशिल बनाइने

दक्षिण एसियाली सहयोग संगठनका सदस्य राष्ट्रहरुमा खाद्य संकट र प्राकृतिक विपत्तीको बेलामा सघाउन सार्क खाद्य बैंकमा साढे पाँच लाख टन खाद्यान्न संकलन भएको छ। सार्क खाद्य बैंकमा सदस्य राष्ट्रहरुले ५ लाख ३८ हजार ४ सय ८० टन खाद्यान्न जम्मा गरेर अप्ठ्यारो परेका राष्ट्रलाई सघाउने निर्णय गरेका छन्।

भुटानमा १३औं सार्क मेला

दक्षिण एसियाली राष्ट्रबीच व्यापार प्रवद्र्धनगर्ने उद्देश्यका साथ१३औं सार्क व्यापार मेला भुटानको राजधानीथिम्पुमा सुरु भएको छ ।सार्क देशबीचव्यापार प्रवद्र्धन गर्ने उद्देश्यले हरेक वर्ष हुने व्यापार मेलायसपालि भुटानमा भएको हो ।

सार्क आप्रवासन मस्यौदा तयार हुँदै

सार्क मुलुकबाट कामका लागि बाहिरिने कामदारको समान सुविधा प्राप्तिमा एउटै धारणा बनाउन सार्क आप्रवासन मस्यौदा तयार हुँदैछ। काठमाडौंमा सम्पन्न १८औं सार्क सम्मेलनमा ८ मुलुकका राष्ट्र/सरकार प्रमुखले दिएको म्यान्डेट अनुसार नेपालले मस्यौदा तयार गरिरहेको हो।

सार्क पिटिए अनुमोदित, सार्कभर बिजुली किनबेच गर्न सकिने

दक्षिण एसियाली राष्ट्र (सार्क) राष्ट्रभरि बिजुली किनबेच गर्न सक्ने गरी भएको 'सार्कस्तरीय विद्युत व्यापार सम्झौता ( सार्क पिटिए)' सरकारले अनुमोदन गरेको छ। 'ऊर्जा सहयोगका लागि सार्क प्रारुप सम्झौता (विद्युतीय)' नाम दिइएको सम्झौता सोमबारको संसद्ले अनुमोदन गरेको हो।

पाकिस्तान–भारत विवाद उत्कर्षमा, सार्क सम्मेलनमा मोदी नजाने संकेत

भारतले पाकिस्तानमा हुने आगामी सार्क शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नपठाउने संकेत गरेको छ। पाकिस्तानबाट प्रकाशित हुने डेली टाइम्सले जनाए अनुसार भारतले प्रधानमन्त्रीको सट्टा राष्ट्रपति प्रणव मुर्खर्जी तयारी गरेको उल्लेख गरेको छ। त्यस्तै पत्रिकाले बंगलादेशबाट पनि प्रधामन्त्रीको सट्टा राष्ट्रपतिलाई पठाउने तयारी गरेको जनाएको छ।

आतंकवादविरुद्ध ‘सार्क डाटा सेन्टर’

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क) अन्तर्गतका देशले आतंकवाद र आतंककारी संगठनका विषयसँग सम्बन्धित सूचना तथा तथ्यांक आदानप्रदान गर्ने भएका छन् । त्यसका लागि डाटा सेन्टर स्थापनाको प्रस्तावसमेत अगाडि बढेको छ ।

'सार्क भारतमात्र होइन'

सय दिनको कार्यकालमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मा केही महत्वपूर्ण उपलब्धी प्राप्त भएको सार्क उद्योग वाणिज्य संघका अध्यक्ष  सुरज वैद्यले बताएका छन्। कार्यकाल सम्हालेको सय दिन पूरा भएको अवसरमा आयोजित कार्यक्रममा उनले यस अवधिमा सार्कमात्र नभएर बाहिर पनि कार्यक्रम विस्तार गर्ने योजना बनको बताए।

सार्कस्तरीय निर्वाचन कार्यशाला

निर्वाचन बेला आउने विवाद कसरी समाधान गर्ने भन्ने विषयमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) स्तरीय दुई दिने कार्यशाला काठमाडौंमा सुरु भएको छ। बिहीबार सार्क देशका निर्वाचनसँग सम्बन्धित प्रतिनिधिको सहभागितामा आयोजित कार्यशाला प्रधानन्यायाधीश सुशीला कार्कीले उद्घाटन गरेकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्