४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

पुन समुदायको संग्रहालयमा पर्यटकको आकर्षण

म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ८ मा अवस्थित धार्मिक पर्यटकीयस्थल करबाकेलीमा सञ्चालनमा आएको संग्रहालय पर्यटक आकर्षणको केन्द्र बनेको छ।

मुक्तिनाथ दर्शन गर्न गएका भारतीय पर्यटकको लेक लागेर मृत्यु

मुक्तिनाथ मन्दिर दर्शन गर्न गएका एकजना भारतीय तीर्थयात्रीको लेक लागेर मृत्यु भएको छ। भारतको गुजरातका ५७ वर्षिय भुपेन्द्र भाइ पटेलको लेक लागेर सोमबार बिहान मृत्यु भएको प्रहरीले बताएको छ।

विदेशी पर्यटक आगमनः फेब्रुअरीको आगमनमा ३३ प्रतिशत बढी

सन् २०२३ को फेब्रुअरीको तुलनामा ३३ प्रतिशत बढी हुनेगरि २०२४ को फेब्रुअरीमा झन्डै एकलाख विदेशी पाहुना नेपाल भित्रिएका छन्। २०२४ को फेब्रुअरीमा ९७ हजार ४ सय २६ जना विदेशी पाहुना हवाई माध्यमबाट मात्र नेपाल भित्रिएको पर्यटन बोर्डले जनाएको छ।

तावाभञ्ज्याङको पर्यटन विकासमा मन्त्री किराँती प्रतिबद्ध

खोटाङको साकेला गाउँपालिकास्थित तावाभञ्ज्याङमा निर्माण गर्ने भनिएको पर्यटकीय पूर्वाधार संरचनाका लागि सँस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले सक्दो सहयोग गर्ने भएको छ।

पोखरामा पर्यटकलाई सास्तीः चोकचोकमा झोला तान्न आउँछन्

पोखरा भित्रिने नाकामा कुरेर बस्ने र भित्रिएका पाहुना पछ्याउँदै दुख दिने व्यावसायी र व्यावसायीद्वारा परिचालित व्यक्तिलाई कास्की प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ। विभिन्न सवारीमा भित्रिएका आन्तरिक तथा भारतीय पाहुनालाई पोखरा सहर भित्रिने नाकामा कुरेर बस्ने ती व्यावसायीले जर्बजस्ती आफ्नो वा आफुले चाहेको होटलमा जान दवाव दिने गरेका थिए।

कला–साहित्यको संगमस्थल बन्यो कनकाई महोत्सव

रोटरी क्लब अफ कनकाईको आयोजनामा यही फागुन १४ देखि १६ गतेसम्म कनकाईको व्यापारिक केन्द्र सुरुङ्गामा कनकाई कला, संस्कृति तथा साहित्य महोत्सव सम्पन्न भएको छ।

रौता माईका एकै महिलामा अनेक रोग

जिल्लाको पर्यटकीय तथा धार्मिकस्थल रौतामाई गाउँपालिका–६ रौता पोखरीमा आयोजित एकीकृत स्वास्थ्य शिविरमा साढे चार सय स्थानीय लाभान्वित भएका छन्।

हात्ती हाम्रो साथी

हात्ती करिडोरमा पैदलै हिँड्ने उनको अभियानले स्थानीय माझ हात्तीको महत्त्व मात्र बुझाएको छैन, हात्तीपीडितहरूको समस्या कसरी समाधान गर्ने भन्ने बहस पनि छेडेको छ।

पर्यटनको सम्भावना बोकेको तमोर नदी क्षेत्र पर्यटकको पर्खाइमा

पर्याप्त पर्यटनको सम्भावना बोकेको नदी क्षेत्रलाई बेलाबखत स्वतः हुने जलयात्रा (र्याफ्टिङ), फिसिङ, क्याम्पफायर, वनभोजबाहेक जिल्लाका स्थानीय तहले तमोर नदी क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा प्रयोग गर्न सकेका छैनन्।

पर्यटक बढ्ने आसमा धमाधम होटल निर्माण

पर्यटक आगमन बढ्ने आशामा व्यवसायीले होटलमा धमाधम लगानी गरिरहेका छन्। व्यवसायीहरू सुविधा सम्पन्न तारे र बुटिक होटलहरूको सञ्चालन तथा निर्माण गरिरहेका छन्।

सगरमाथा क्षेत्रमा अत्यावश्यक पर्यटन संरचना निर्माण

जनहित कार्यका लागि विनियोजित रु १० लाख बजेटबाट करिब तीन महिनाको अथक प्रयासमा निर्माणसम्पन्न गरिएको दुर्गा बक्स गणका सेनानी नवराज बस्नेतले जानकारी दिए।

कार्य सम्पादनमा सूर्याेदय नगरपालिका पहिलो

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा इलामको पर्यटकीय नगरी सूर्याेदय नगरपालिका जिल्लाका स्थानीय तहमध्ये पहिलो भएको छ।

पर्यटकीय स्थल बनाइँदै चिम्टेश्वर क्षेत्र

धार्मिक, ऐतिहासिक, पर्यटकीय र पुरातात्विक महत्वको चिम्टेश्वर क्षेत्रलाई थप विकासित गर्न तीनै तहका सरकारले अग्रसरता देखाएका छन्।

खुम्जुङ र नाम्चेमा विद्युत् सेवा अवरुद्ध

गत माघ २२ गते आएको हावाहुरीले ढलेको रुखले खुम्बु विद्युत् कम्पनीको हाइटेन्सन र जमिनमुनिको तारमा क्षति पुगेपछि विद्युत् सेवा ठप्प बनेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्