'राष्ट्रहित विपरित सम्झौता, स्वाधिनतामाथि नै खेलवाड'
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुले माथिल्लो कर्णाली जलविद्युत् परियोजनामा राष्ट्रहित विपरित सम्झौता गरेको भन्दै सरकारको चर्को आलोचना गरेका छन्।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुले माथिल्लो कर्णाली जलविद्युत् परियोजनामा राष्ट्रहित विपरित सम्झौता गरेको भन्दै सरकारको चर्को आलोचना गरेका छन्।
समाजिक न्यायसहितको समानाता खोजिरहेका दलित समुदायविरुद्ध चौतर्फी प्रहार सुरु भएको छ। सदियौँदेखि समाजबाट प्रताडित, राजनीतिबाट वञ्चित र शिक्षाबाट टाढा राखिएका दलित समुदायले राज्यबाट पाइरहेको झिनो सेवा–सुविधाविरुद्ध प्रहार गर्ने बहस सुरु हुनाका साथै दलित अधिकार र आवश्यकतालाई संकुचन गर्न विभिन्न शक्ति प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सक्रिय भइसकेका छन्।
पूर्व परराष्ट्रसचिव डा. मदनकुमार भट्टराईले मिहिन अध्ययन, असंख्य अन्तर्वार्ता र खोजबाट तयार पारेको पुस्तक ‘परराष्ट्रका पात्र’ माथि अन्तरक्रिया गरिएको छ । शनिबार राजधानीमा आयोजित कार्यक्रममा सहभागी वक्ताहरू नेपालको कुटनीतिक मामिला बुझ्ने र अध्ययन गर्नेहरुका निम्ति पुस्तक गतिलो स्रोत सामग्री बन्ने बताएका थिए ।
उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोख्रेलले राजनीतिलाई सही आकार दिने विषयमा विज्ञहरूबीच राष्ट्रिय बहस हुनुपर्ने बताएका छन् ।
सरकारले जेठ १५ मा सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमाथि संसद्मा छलफल सकिएसँगै अर्थमन्त्री युवराज खतिवडाले बिहीबार सांसदको प्रश्नको उत्तर दिनेछन्। बजेटमाथि भएको छलफल हेर्दा लाग्छ, अधिकांश सांसद बजेटमाथि बहस गर्न होइन, कर्मकाण्डीय पाराले आग्रह र पूर्वाग्रह राख्न आएका हुन्। बजेटको सिद्धान्त के हो ? बजेटले कसलाई प्राथमिकता दिएको छ ? जनताको पैसा प्राथमिकताअनुसार महŒवपूर्ण आयोजनाहरूमा विनियोजन गरिएको छ वा छैन ? सरकारले आगामी वर्ष सर्वसाधारणबाट कसरी कर उठाउँदै छ ? सरकारले भनेझैं उसको योजना र कार्यक्रम समृद्ध नेपाल सुखी नेपाली बनाउनेतर्फ परिलक्षित छ वा छैन ? बजेट तथा कार्यक्रमले मुलुकलाई उन्नतितिर लैजाँदै छ वा अधोगतितिर ? संसद्मा तीन दिनसम्म चलेको बजेटमाथिको बहसमा भाग लिएका १ सय ५० भन्दा बढी सांसदले यसतर्फ ध्यान दिएनन्।
सरकारको नीति तथा कार्यक्रमबारेको बहस स्वाभाविक हो। सरकारका तर्फबाट मुलुकलाई कुन दिशामा लैजाने भन्ने मूल आधार नै उसको नीति तथा कार्यक्रम हो। संसदीय अभ्यासमा सरकारका नीति तथा कार्यक्रम राष्ट्रप्रमुखबाट संसदमा जानकारी गराउने बेलायती परम्परा गणतन्त्र भएका मुलुकले पनि अंगीकार गर्दै आएका छन्। त्यो परम्परा धान्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गरिन्। यो स्वाभाविक प्रक्रियामा यसपटक एउटा प्रश्न उठ्यो– सरकार राष्ट्रपतिको हो कि नेपाली नागरिकको ? यसको एउटै कारण थियो– राष्ट्रपतिले सम्बोधनका क्रममा पटक–पटक ‘मेरो सरकार’ शब्द प्रयोग गरिन्। यो प्रश्न उठ्नाको अर्को कारण के पनि हो भने राजतन्त्र अन्त्यसँगै राष्ट्रपतिले महाराजले भन्ने गरेका ‘मेरो सरकार’को सट्टा नेपाल सरकार वा सरकार मात्रै भन्ने गरेका थिए। यसपटक किन राष्ट्रपतिलाई पनि मेरो सरकार भन्न लगाइयो ?
भारत त्रिशंकु संसद तिर उन्मुख छ। त्यसैले जसको नेतृत्वमा सरकार बने पनि त्यो गठबन्धन सरकार बन्ने छ।
बिहानको साँढे आठ बजे कन्हैयाकोे पाहुना घर (चुनावका आगन्तुकलाई बस्न बनाइएको घर) बाट मानिसहरु बाहिर निस्किन्छन्। उनी पनि त्यही घरमा सुत्दा रहेछन्। पक्की साढे दुई तलाको उक्त घरलाई केही समयदेखि कन्हैयाको चुनावी प्रचारका लागि प्रयोग गरिएको स्थानीयले बताए। केही मानिसको भीडलाई छिचोल्दै उनी भन्छाघरमा प्रवेश गर्छन्।
दिल्लीबाटै कन्हैयासँगको अन्तरवार्ता लिने निधो सहित म त्यहाँ पुगेकाले म उनको प्रतिक्षामा बस्छु। दिल्लीबाट हिँड्ने बेलामा मलाई भारतीय कांग्रेस पार्टीका एक वरिष्ठ नेतासँग अन्तर्वार्ता लिने समय पनि मिलेको थियो। तर म कन्हैयाको प्रख्याति सुनेर उनको घर पुगेको थिएँ।
यदि म देशद्रोही नै हुँ भने भारतको निर्वाचन आयोगले के हेरेर बसिरहेको थियो ? यो निर्वाचन अभियानमा मलाई देशद्रोही करार गर्नु त यो सरकारको बाध्यता हो।
सन् १९७५ मा भारतले सिक्किमलाई आफ्नो भूभागमा गाभेको विरोधमा जेएनयुका विद्यार्थी आन्दोलनमा थिए। त्यहीँबेला इन्दिरा गान्धी आफ्नो पिताको शालिकमा माल्यार्पण गर्न जाँदा विद्यार्थीले उनलाई प्रवेश गर्न दिएनन्। तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धी विश्वविद्यालयको गेटबाटै फर्किइन्।
पर्यटनको विकास र विस्तारमा देखिएका चुनौती तथा समस्याको बारेमा ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)ले बृहत् बहस गर्ने भएको छ। चुनौतीको सामना र समस्याको समाधान निकाल्ने निर्णय गर्न टानले बहस गर्न लागेको हो।
निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र यातना दिएको अभियोगमा परेका दुई मुद्दाउपर डिएसपीसहित ६ प्रहरीको कंचनपुर जिल्ला अदालतमा बयान लिने काम सकिएको छ। सो मुद्दामा बयान सकिएलगत्तै सोमबारदेखि बहस सुरु भएको छ। सम्पर्कविहीन रहेका तत्कालिन एसपी डिल्ली बिष्ट र सिआईवीका डिएसपी अंगुर जिसीका नाममा अदालतले उपस्थित हुन वारेन्टसहितको सूचना जारी गरेको छ।
तीन करोड ३५ लाख ठगी मुद्दामा डा. गोपाल शिवाकोटी चिन्तनले अदालतमा बयान दिन इन्कार गरेका छन्। चिन्तनसहित अर्का अभियुक्त बद्री थापालाई प्रहरीले सोमबार अदालतमा हाजिर गराएको थियो।
राजनीति, मिडिया, अर्थनीति , समाजशास्त्र तथा कला र साहित्य क्षेत्रका पेचिला प्रश्नहरूमा गरमागरम बहस गर्दै ‘कला साहित्य उत्सव’को चौथो संस्करण सोमबार सकिएको छ।