काठमाडौं– पर्यटनको विकास र विस्तारमा देखिएका चुनौती तथा समस्याको बारेमा ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)ले बृहत् बहस गर्ने भएको छ। चुनौतीको सामना र समस्याको समाधान निकाल्ने निर्णय गर्न टानले बहस गर्न लागेको हो।
टानले पदयात्रा गर्ने पर्यटकले दर्ता भएको टे«किङ कम्पनीबाट अनुमति लिएर जानुपर्ने तथा साथमा गाइड लैजानुपर्ने, टिम्सको प्रभावकारी कार्यान्वयन, एफआइटी बन्द, सगरमाथा राष्ट्रिय निकुञ्जले गाइड लाइसेन्स बापत लिने शुल्क खारेजी, टान र मजदुर युनियनबीचको सम्झौता लगायत विषयमा बहस गर्न लागेको हो।
टानले छलफलको लागि सबै टेकिन कम्पनी तथा पर्यटन क्षेत्रका विज्ञलाई आमन्त्रण गरेको छ। टानले विशेष भेला भन्दै आउँदो मंगलबार दिउँसो पर्यटन बोर्डमा भेला डाकेको टानका महासचिव आङ पेम्बा शेर्पाले जानकारी दिए।
प्रकाशित: २३ चैत्र २०७५ १२:०२ शनिबार