२० आश्विन २०८१ आइतबार
image/svg+xml

सुर्खेतमा पेट्रोल अभाव

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पेट्रोल अभाव अँझै हट्न सकेको छैन। भारतीय नाकाबाट तेल नआउँदा ५ दिनदेखि पेट्रोलको अभाव भएको हो।

रुस-युक्रेन युद्धका कारण नेपाली जनता मूल्य वृद्धिको मारमा: पुष्पा भुसाल

सत्तारुढ नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले गरिब जनता मूल्य वृद्धिको मारमा परिरहेको उल्लेख गर्दै त्यसलाई तत्काल नियन्त्रण गर्न सरकारसँग माग गरेकी छिन्।

पेट्रोलियम पदार्थ उत्खनन गर्न दुई वर्ष समय थप

पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि सन् २०२२ फेब्रुअरी २८ सकिएपछि २०७८ चैत १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि दुई वर्ष समय थप गरेको खानी तथा भूगर्भ विभागका भूगर्भविद् डा गणेशनाथ त्रिपाठीले बताए।

सरकारको कारणले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको होइनः सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पेट्रोलियम पदार्थलाई विस्थापित गर्ने दिशामा सरकारले नीति लिएको बताएका छन्।

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न माग

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न सरकारसँग माग गर्दै संयुक्त विद्यार्थी संगठनले आइतबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ।

आर्थिक संकटमा आयल निगम

निगमले यसैसाता आइओसीलाई इन्धन खरिदबापत १९ अर्ब ४७ करोड रुपैयाँ भुक्तानी दिनुपर्छ। निगमसँग हाल १५ अर्ब रुपैयाँमात्रै छ। यो पटकका लागि सरकारले मूल्य स्थिरीकरण कोषबाट ४ अर्ब २० करोड रुपैयाँ दिएको छ। मूल्य स्थिरीकरण कोषको रकम सकिएकाले निगमले अर्को महिना आइओसीलाई भुक्तानीका लागि ऋण लिनुपर्ने अवस्था आएको छ।

भारतमा १२ दिनमा १० पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि

भारतमा पछिल्लो १२ दिनमा १० पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ।

तेल भर्न घण्टौं लाइन: गैरजिम्मेवार व्यवसायी

पेट्रोलियम व्यवसायीको गैरजिम्मेवारीपनका कारण उपभोक्ताले दुःख पाएका छन्। विभिन्न ६ बुँदे माग राखेर व्यवसायी आन्दोलित भएपछि बजारमा डिजेल, पेट्रोल अभाव भएको हो।

पश्चिमाञ्चलका ट्यांकर व्यवसायी आन्दोलनको विपक्षमा

विभिन्न माघ अघि सारेर ग्यास, पेट्रोलियम, ढुवानी व्यवसायीको केन्द्रीय नेतृत्वले आन्दोलन घोषणा गरिरहेको बेला पश्चिमाञ्चलका ट्यांकर व्यवसायी भने आन्दोलनको विपक्षमा उभिएका छन्।

ऊर्जा सुरक्षाका उपाय

समग्रमा भन्नुपर्दा खनिज इन्धनको अत्यधिक आयात तथा प्रयोग नेपालको अर्थतन्त्रका लागि महँगो, जलवायु परिवर्तनको कारक तथा दिगो विकासका लागि प्रतिकूल छ।

पेट्रोलियम पदार्थको आयात धान्न गाह्रो हुँदैछ: ऊर्जामन्त्री

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै आयात धान्न मुश्किल हुँदै गएकाले अब विद्युतीय उपकरण प्रयोग गर्न आह्वान गरेकी छिन्।

महँगीको मारमा सर्वसाधारण

अनुगमन भइरहने हो भने आफूखुसी मूल्य बढाउने अवस्था आउँदैन। यहाँ मौज्दात सामग्रीमा जथाभावी मूल्य बढाउँदा सर्वसाधारणको ढाड सेकिने स्थिति उत्पन्न भएको छ।

पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न निर्देशन

समितिले बुधबार पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विषयमा छलफल गरेको थियो। समिति बैठकमा सांसदहरूले पेट्रोलिय पदार्थको मूल्य बढिरहँदा जनताको ढाड सेकिरहेको हुँदा यसलाई तुरुन्तै नियन्त्रण गर्न नसके जनता धेरै नै मारमा पर्ने बताएका थिए।

रूसमाथि प्रतिबन्धका कारण विश्वव्यापी तेल अभाव हुने ओपेक प्रमुखको चेतावनी

रूसमाथिको थप प्रतिबन्धका कारण विश्वले पेट्रोलियम पदार्थको अभावको सामना गर्नुपर्ने पेट्रोलियम पदार्थ निर्यात गर्ने मुलुकहरूको संगठन (ओपेक) का प्रमुखले मंगलबार चेतावनी दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्