१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा १२ दिनमा १० पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि

भारतमा पछिल्लो १२ दिनमा १० पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। अन्तर्राष्ट्रिय बजारमा पनि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएकाले भारतमा पनि बढाउनु परेको अधिकारीहरूले जनाएका छन्।

पछिल्लो समय शनिबार प्रति लिटरमा ८० पैसाको दरले मूल्य वृद्धि भएको विवरण सार्वजनिक गरिएको छ। पछिल्लो १२ दिनमा १० पटक मूल्य वृद्धि हुँदा पहिला भन्दा प्रति लिटरमा ७.२० प्रतिशत मूल्य बढी भएको अधिकारीहरूले जानकारी दिएका छन्।

संघीय राजधानी नयाँ दिल्लीमा अहिले प्रति लिटर पेट्रोलको मूल्य १०७.६१ भारतीय रुपैयाँ पुगेको छ। त्यसैगरी डिजेलको मूल्य प्रति लिटर ९३.८७ भारतीय रुपैयाँ रहेको छ। 

प्रकाशित: २० चैत्र २०७८ ०५:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App