१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पश्चिमाञ्चलका ट्यांकर व्यवसायी आन्दोलनको विपक्षमा

विभिन्न माघ अघि सारेर ग्यास, पेट्रोलियम, ढुवानी व्यवसायीको केन्द्रीय नेतृत्वले आन्दोलन घोषणा गरिरहेको बेला पश्चिमाञ्चलका ट्यांकर व्यवसायी भने आन्दोलनको विपक्षमा उभिएका छन्। पश्चिमाञ्चल ट्यांकर व्यवसायी संघले बुधबार नेपाल आयल निगमका कार्यकारी निर्देशकलाई पत्र लेख्दै आफूहरूले ढुवानी कार्य यथावत् राख्ने जनाएका छन्।

सरकारले स्थानीय चुनाव घोषणा गरी अघि बढेको अवस्थामा सामाजिक उत्तरदायित्वप्रति व्यवसायी जिम्मेवार हुनुपर्ने भएकाले आन्दोलनका कार्यक्रम स्थगित गरेको पश्चिमाञ्चल ट्यांकर व्यवसायी संघका अध्यक्ष राकेश कुमार कसौधनले बताए। अध्यक्ष कसौधनले नेपाल पेट्रोलियम ढुवानी व्यवसायीलाई समेत बोधार्थ दिएका छन्। संघले पेट्रोलियम डिलर्श राष्ट्रिय एसोसिएसन र नेपाल एलपी ग्यास उद्योग संघलाई पनि आन्दोलनका कार्यक्रम स्थगित गर्न अनुरोध गरेको छ।

राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले सरकारसमक्ष छ बुँदे मागपत्र पेश गर्दै आन्दोलनका कार्यक्रम अघि बढाएको छ। नेपाल एलपी ग्यास उद्योग संघ, नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशन, नेपाल पेट्रोलियम दुवानी व्यवसायी महासंघ आवद्ध रहेको समितिले आन्दोलनका कार्यक्रम अघि सारेको छ।

समितिले चैत १७ गतेबाट राज्यभरका एलपी ग्यास उद्योगहरूबाट विक्रेताहरूलाई बिक्री बितरण बन्द गर्ने, चैत १८ गतेबाट पेट्रोलियम ढुवानी ट्यांकरहरूले लोडिङ अनलोडिङ बन्द गर्ने तथा बिक्रेताहरूले निगमको डिपोबाट पेट्रोलियम पदार्थको खरिद बन्द गर्ने जनाएका छन्। आन्दोलनका कार्यक्रम अन्तर्गत चैत २० गतेबाट उल्लेखित मागहरू पूरा नभएसम्म देशभर खाना पकाउने ग्यास उद्योगहरूले ग्याँस बिक्रेताहरूले ग्याँस बिक्री बन्द गर्ने घोषणा गरेका छन्।

समितिले पेट्रोलियम ऐन बनाइ तत्काल लागू गर्नुपर्ने तथा एलपिजी विनियमावली, विक्रेता विनियमावली र ढुवानी नियमावली सम्बन्धित व्यवसायिक संस्थाको प्रतिनिधिको सहभागितामा संशोधन गर्नुपर्ने माग राखेको छ। पेट्रोलियम व्यवसायी प्रतिष्ठानको कारोबारमा हालको अवस्था तथा भविष्यमा गरिनुपर्ने सुधार तथा योजनाबारे अध्ययन गरी लागू गर्नुपर्ने, सरकारले यातायात क्षेत्रमा लागू गरेको वैज्ञानिक भाडादर पेट्रोलियम ढुवानी साधनमा समेत लागू हुनुपर्ने तथा पेट्रोलियम बिक्रेताले प्रतिशतमा पाउँदै आएको कमिसन स्थगन भएकोमा फागुन १९ गतेबाट नै पाउनुपर्ने माग गरिएको छ। 

प्रकाशित: १७ चैत्र २०७८ ०३:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App