२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

छब्बीस वर्षपछि मानव बेचबिखन मुद्दाका दोषी पक्राउ

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा दोषी ठहरिएका नुवाकोट दुप्चेश्वर गाउँपालिका– ४ का जङ्गबहादुर तामाङ (राम) लाई प्रहरीले २६ वर्षपछि पक्राउ गरेको छ।

यहाँकी एक महिलालाई भारतमा लगेर बिक्री गरेको पुष्टि भएसँगै मकवानपुर जिल्ला अदालतबाट ९ वर्ष ७ महिना १० दिन कैद सजाय तोकिएका तामाङलाई नुवाकोट प्रहरीले आज पक्राउ गरेको हो।

विशेष सूचनाका आधारमा उनलाई जिल्लाको तादी गाउँपालिका– ४ सातबिसेबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए।

उनका अनुसार मकवानपुर जिल्ला अदालतले तामाङलाई २०५५ माघ १९ मा ९ वर्ष ७ महिना १० दिनको कैद सुनाएको थियो।

उक्त फैसला भएदेखि नै फरार रहँदै आएका उनलाई शुक्रबार पक्राउपश्चात् नुवाकोट जिल्ला अदालतबाट फैसला कार्यान्वयनका लागि आज जिल्ला कारागार चलान गरिएको छ। –रासस

प्रकाशित: १४ वैशाख २०८१ १८:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App