२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

एमालेले डाक्यो सचिवालय बैठक

पछिल्लो राजनीतिक विकासक्रमको समीक्षा गर्न नेकपा (एमाले)ले सचिवालय बैठक डाकेको छ। ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा यही असार ३० गते सचिवालय बैठक डाकिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

माओवादी केन्द्र पदाधिकारी बैठक बस्दै

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय पदाधिकारी बैठक केहीबेरमा बस्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालका जीवनसंगिनी एवं नेकपा (माओवादी केन्द्र)का सल्लाहकार सीता दाहालको निधन भएपछि बैठक बस्न लागेको हो।

कांग्रेस केन्द्रीय समितिको बैठकअघि पदाधिकारी बैठक बस्दै

अहिले ९ बजे बस्ने भनिएको बैठकले आजै बस्ने कार्यसमिति बैठकको एजेन्डा तय गर्ने कांग्रेस केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मीन विकले जानकारी दिए।

भाग पुर्‍याउन कृषि तथा वन विज्ञान विश्वविद्यालयमा दुई सहनियन्त्रक थपिए

कृषि तथा वन विज्ञान विश्व विद्यालयका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख राजनीतिक दलबीच भागबन्डा मिलाउन थप सहपरीक्षा नियन्त्रक पद सिर्जना गरेका छन्।

अझै तय भएन अजेन्डा

प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस प्रदेश र प्रतिनिधिसभा निर्वाचन भएको ८ महिनापछि त्यसको समिक्षामा जुट्न लागेको छ।

संसद् अवरोध हटाउन एमाले तयार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

बैठकमा संघीय संसद्को अवरोध हटाउन एमाले तयार भएको बताइएको छ। बैठकपछि सञ्चारकर्मीसंग बोल्दै ओलीले ‘पार्लियामेन्टमा थाहा हुन्छ’ भनी बाहिरिएका छन्।

संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दै

संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ।जसमा राष्ट्रिय सभाको बैठक आज बिहान ११ बजेबाट सुरु हुनेछ भने प्रतिनिधि सभाको बैठक दिउँसो ३ बजेबाट सुरु हुनेछ।

प्रतिनिधि सभाको बैठक भोलीसम्मका लागि स्थगित

आइतबार १ बजेका लागि बोलाइएको बैठक प्रधानमन्त्रीको आग्रहमा अपरान्ह ३ बजेसम्मका लागि सारिएको थियो। तर बैठक सोमबार ३ बजे बस्ने गरी सारिएको छ।

प्रधानमन्त्रीको आग्रहमा सभामुखले दुई घन्टा पछि सारे संसद् बैठक

प्रधानमन्त्री पुष्पकमल दाहालको आग्रहमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठक दुई घन्टा पछि सारेका छन्। आज दिउँसो १ बजेको लागि तय भएको बैठक अब ३ बजे बस्ने छ।

प्रतिनिधि सभाको बैठक बस्दै, यी हुन् सम्भावित कार्यसूची

संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा तीनवटा विधेयक प्रस्तुत गरिने संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची छ।

समाजवादी मोर्चाको पहिलो बैठक आज बस्दै

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय, अलोकनगरमा आज ४ बजे बस्ने बैठकले मुलुकमा विकासित राजनीतिक घटनाक्रममा मोर्चाले निर्वाह गर्नुपर्ने भूमिका, सरकारले जनजीविका लागि गर्नुपर्ने कार्ययोजना र मोर्चालाई थप सशक्त बनाउने विषयमा छलफल हुनेछ।

प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित

प्रतिनिधि सभाको अवरोध हटाउन सभामुखले शुक्रबार दिउँसो सिंहदरबारमा कार्यव्यवस्था परामर्श समितिको बैठक राखेका थिए। बैठकमा सत्ता पक्ष र एमालेबीच सहमती नहुँदा बैठक आइतबार सारिएको हो।

राष्ट्रिय सभामा एमालेको बिरोध कायमै, बैठक स्थगित

राष्ट्रिय सभा बैठकमा नेकपा एमालेले आज पनि विरोध गरेको छ। बैठक सुरु भएलगत्तै एमालेका सांसद्हरुले उठेर विरोध जनाएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्