१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

संसद् अवरोध हटाउन एमाले तयार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

संसद्को अवरोध खुलाउने विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीचको छलफल सकिएको छ।

सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीचको बैठक सकिएको हो।

बैठकमा संघीय संसद्को अवरोध हटाउन एमाले तयार भएको बताइएको छ। बैठकपछि सञ्चारकर्मीसंग बोल्दै ओलीले  ‘पार्लियामेन्टमा थाहा हुन्छ’ भनी बाहिरिएका छन्। प्रतिनिधिसभाको बैठक आजै दिउँसो ३ बजे बस्दैछ।बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यसूची रहेको छ।

यसअघि आइतबार पनि तीन नेताबीच संसद खुलाउने विषयमा सहमति भएको थियो। तीन नेताबीच प्रधानमन्त्रीले प्रतिनिधिसभामा सम्बोधन गर्ने र एमालेले संसदको अवरोध हटाउने सहमति भएको थियो। तर एमालेले पछि संसद खोल्न सहमति नरहेको भनेपछि प्रतिनिधिसभाको बैठक सोमबारसम्मका लागि स्थगित गरिएको थियो।

१८ असारमा प्रधानमन्त्री प्रचण्डले पुस्तक विमोचन समारोहमा भारतीय नागरिक प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन धेरै पटक दिल्ली गएको अभिव्यक्ति दिएका थिए। प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको विरोध गर्दै एमालेले राजीनामा माग गर्दै आएको छ।

प्रकाशित: २५ असार २०८० ०९:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App