१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित

फाइल तस्बिर

प्रतिनिधिसभाको बैठक आइतबार १ बजेसम्मका लागि स्थगित भएको छ। शुक्रबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक बस्द नबसी स्थगित भएको हो।

प्रतिनिधि सभाको अवरोध हटाउन सभामुखले शुक्रबार दिउँसो सिंहदरबारमा कार्यव्यवस्था परामर्श समितिको बैठक राखेका थिए। बैठकमा सत्ता पक्ष र एमालेबीच सहमती नहुँदा बैठक आइतबार सारिएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहालले गत असार १८ गते आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह धेरैपटक दिल्ली गएको भन्दै विवादास्पद अभिव्यक्ति दिएका थिए। प्रधानमन्त्री दाहालले सिंहकै जीवनीमा आधारित पुस्तक विमोचनमा उक्त अभिव्यक्ति दिएका थिए।

त्यसैको विरोधमा एमालेले संसद् बैठकमा प्रधानमन्त्रीको राजीनामा माग गर्दै विरोध गरिरहेको छ। 

प्रकाशित: २२ असार २०८० ०९:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App