२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको आग्रहमा सभामुखले दुई घन्टा पछि सारे संसद् बैठक

प्रधानमन्त्री पुष्पकमल दाहालको आग्रहमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठक दुई घन्टा पछि सारेका छन्। आज दिउँसो १ बजेको लागि तय भएको बैठक अब ३ बजे बस्ने छ। 

सभामुख देवराज घिमिरेको प्रेस संयोजक शेखर अधिकारीका अनुसार प्रधानमन्त्री दाहालले सभामुखलाई फोन गरी बैठक सार्न आग्रह गरेका थिए।

सिंहदरबारमा प्रधानमन्त्री दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवासँग सदनको अवरोध हटाउन छलफल गरिरहेका छन्।  

सभामुख र प्रधानमन्त्री दाहालको फोनसंवादका क्रममा सभामुख घिमिरेले तीन शीर्ष नेताबीचको छलफलले सदन खुलाउन सकारात्मक निष्कर्षका निकाल्न शुभकामना समेत दिएका थिए।  

एमालेले आजको राष्ट्रिय सभाको बैठकमा अवरोध गरेकाे छ भने आजै बस्ने प्रतिनिधि सभाको बैठकमा पनि अवरोध गर्ने बताइसकेको थियाे।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंहले धेरै प्रयास गरेको र  पटक–पटक दिल्ली गएको भनेर सार्वजनिक अभिव्यक्ति दिएपछि त्यसको विरोधमा एमालेले संघीय संसदका दुवै सदन अवरुद्ध गर्दै आएको छ। यसैलाइ कारण बनाएर एमालेले प्रधानमनत्रीको राजिनामा माग गर्दै आएको छ।

प्रकाशित: २४ असार २०८० ०७:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App