२१ आश्विन २०८१ सोमबार
image/svg+xml

प्रदेश सभा पहिलो बैठकको तयारी पुरा

प्रदेश नम्बर ७ को आइतवार जिल्ला समन्वय समितीको सभाहलमा बस्ने ऐतिहासिक पहिलो प्रदेश सभा बैठकको तयारी पुरा भएको छ। शनिवार सुरक्षाकर्मी(मर्यादापालक) र कर्मचारीलाई प्रदेश सभा भवनको हलमा आइतवार बैठक संचालन गर्ने तरिकाबारे संसदका कर्मचारीले जानकारी गराएका थिए।

राजपाले संसदीय दलको नेता चयन गर्न सकेन, फोरमको बैठक जारी

राष्ट्रिय जनता पार्टी (राजपा)को केन्द्रीय पदाधिकारी बैठक विना निष्कर्ष टुंगिएको छ। प्रदेश नम्बर २ को संसदीय दलको नेता चयन गर्न शनिबार जनकपुरस्थित होटल सीताशरणमा बसेको बैठकमा यो विषयले प्रवेश नै पाएन।

संयुक्त बैठकबाट जिम्मेवारीको टुंगो लाग्ने

भारतीय परराष्ट्रमन्त्री सुष्मा स्वराजसँगको भेटपछि शुक्रबार संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेताहरू जनकपुरतर्फ केन्द्रित भएका छन् ।शनिबार जनकपुरमा फोरम नेपाल र राजपाको छुट्टाछुट्टै बैठक बस्दैछ ।

पहिलो प्रदेश सभा बैठकको तयारी पूरा

प्रदेशसभाको पहिलो बैठकको मिति नजिकिँदै जाँदा सचिवालयका कर्मचारीको व्यस्तता बढ्न थालेको छ। २१ गतेका लागि तोकिएको बैठकका लागि कर्मचारीहरु मध्यरातिसम्म काममा खटिरहेका हुन्छन्।

प्रदेश ७ को मुख्यमन्त्रीमा भट्ट सिफारिस, प्रदेशसभा बैठक आइतबार

नेकपा माओवादी केन्द्रले प्रदेश नम्बर ७ को मुख्यमन्त्रीका लागि डोेटीबाट प्रदेशसभामा निर्वाचित सांसद त्रिलोचन भट्टलाई सिफारिस गरेको छ।

प्रदेशसभाको पहिलो बैठकको सन्देश

भाबी प्रदेशसभा र प्रदेश सरकारका लागि एउटा स्तर निर्धारण गर्ने जिम्मेवारी अहिले छ । पहिलो बैठकबाट उठाइएको मुलुकको समृद्धिको आवाजलाई मुखरित गर्न र सफल पार्न सके जनताले ठूलो गुन मान्नेछन् ।

यस्तो भयो ३ नम्बर प्रदेशको प्रदेश सभा बैठक (भिडियो)

तीन नम्बर प्रदेशको पहिलो प्रदेश सभा बैठक हेटौंडामा सम्पन्न भएको छ। बैठकले माघ २७ गतेको लागि सभामुखको निर्वाचन कार्यतालिका तय गरेको छ।

बालकोटमा पार्टी एकता संयोजन समितिको बैठक

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक बालकोटमा बसेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको बैठकमा अध्यक्ष ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल सहित कार्यदलका सदस्य रहेका छन्।

महासमिति बैठक बोलाउन नेता कोइरालाको माग

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीको महासमितिको बैठक छिटो बोलाउन माग गरेका छन् ।

तस्बिरमा हेर्नुहोस् ३ नम्बर प्रदेशको प्रदेश सभा बैठक

तीन नम्बर प्रदेशको प्रदेश सभा बैठक हेटौंडामा भएको छ। यो पहिलो बैठक हो। प्रदेश सभा बैठकमा सांसदहरुले आफ्नो धारणा राखेका छन्। प्रदेश प्रमुख अनुराधा कोइरालाले बिहीबार दिउँसो १ बजेका लागि पहिलो बैठक आह्वान गरेकी थिइन्। प्रदेशसभा सचिवालय रहेको मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालय, हेटौंडाको भवनमा बैठक बसेको हो। बैठकको जेष्ठ सदस्य डाेरमणि पाैडेलले अध्यक्षता गरेका छन्।

के के छन् पहिलो प्रदेश सभा बैठकका एजेन्डा

प्रदेश नम्बर ३ को प्रदेश सभा बैठक अहिले हेटौंडामा बसिरहेको छ। यो सातै प्रदेश मध्ये पहिलो पटक बसेको प्रदेश सभा बैठक हो। प्रदेशसभाको पहिलो बैठकले सभामुख निर्वाचनको मिति तोक्ने र प्रदेशसभाको अन्तरिम कार्यविधि पारित गर्ने कार्यसूची रहेको छ।

३ नम्बर प्रदेशको प्रदेश सभा बैठक सुरु

संघीय नेपालको पहिलो प्रदेशसभा बैठक ३ नम्बर प्रदेशको हेटौंडामा सुरु भएको छ। प्रदेश प्रमुख अनुराधा कोइरालाले बिहीबार दिउँसो १ बजेका लागि पहिलो बैठक आह्वान गरेकी थिइन्। प्रदेशसभा सचिवालय रहेको मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालय, हेटौंडाको भवनमा बैठक बसेको हो।

प्रदेशसभा दोस्रो बैठकमा सभामुख निर्वाचन

सातवटै प्रदेशमा प्रदेशसभाको दोस्रो बैठकमा सभामुखको निर्वाचन प्रक्रिया सुरु गर्ने तयारी गरिएको छ । प्रदेशसभा कार्य सञ्चालन अन्तरिम कार्यविधि, २०७४ बमोजिम प्रदेशसभा बैठकको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यले सभामुखको निर्वाचन गराउनुपर्ने र नवनिर्वाचित सभामुखले उपसभामुखको निर्वाचन गराउनुपर्ने भएका कारण पहिला सभामुखको निर्वाचन गर्न लागिएको हो।

संघीय नेपालको पहिलो प्रदेशसभा बैठक आज

बैठकको टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गर्नसक्ने व्यवस्था मिलाइएको छ भने सभाकक्ष बाहिर प्रोजेक्टरमार्फत प्रत्यक्ष हेर्ने र सुन्ने व्यवस्था गरिएको प्रदेशसभा सचिवालयका सचिव पाण्डेले जानकारी दिए

प्रदेश नम्बर ६ : बैठक नजिकियो, तयारी सुस्त

प्रदेशसभाको पहिलो अधिवेशन नजिकिँदै जाँदा ६ नम्वर प्रदेशको अस्थायी राजधानी सुर्खेतमा तयारी भने सुस्त देखिएको छ। प्रदेशसभाको पहिलो अधिवेशनका लागि अस्थायी केन्द्र तोकिएको सिंचाई विभाग डिभिजनको भवनमा बुधबारदेखि सजावटको काम सुरु गरिएको छ। ६ नम्वर प्रदेशको प्रदेश अधिवेशन आइतबार १ बजेका लागि तोकिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्