२१ आश्विन २०८१ सोमबार
image/svg+xml

स्वास्थ्य मन्त्रालयको संयुक्त समीक्षा बैठक शुरु

स्वास्थ्य मन्त्रालयको एक वर्षे कार्यक्रमसहित दातृ निकायसंग वार्षिक संयुक्त समीक्षा बैठक शुरु भएको छ।  मन्त्रालयको नेतृत्वमा आजदेखि शुरु भएको समीक्षा बैठकमा स्वास्थ्यका क्षेत्रमा आजसम्म भएका उपलब्धि, गर्न बाँकी काम र देखापरेका चुनौतिबारे छलफल गरिँदै छ।

प्रदेशसभाको पहिलो बैठकको तयारी तीव्र

प्रदेशसभाको पहिलो बैठक बस्ने सभाभवनको मर्मतकार्य तीव्रगतिमा भइरहेको छ।  विराटनगरस्थित जिल्ला समन्वय कार्यालयको सभाभवनमा प्रदेश नं. १ को प्रदेशसभाको पहिलो बैठक बस्ने भएकाले तीव्रगतिमा त्यसको मर्मतकार्य भइरहेको छ। बैठक हुने भवनको रंगरोगनका साथै आवश्यक पूर्वाधार निर्माणका कार्यसमेत अन्तिम चरणमा पुगेको हो।

वाम कार्यदलको बैठक सिंहदरबारमा जारी

नेकपा एमाले तथा माओवादीको कार्यदलको बैठक जारी छ। एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा जारी बैठकमा सुवासचन्द नेम्वाङ, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल लगायत सहभागी छन्।

प्रदेशसभा बैठक : कुन प्रदेशमा कहिले ?

संघीय संरचना अनुसारको प्रदेश संसद अन्तर्गत ७ वटै प्रदेशमा प्रथम प्रदेशसभा बैठक आह्वान गरिएको छ। नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम सम्बन्धित प्रदेशका प्रमुखले बैठक आह्वान गरेका हुन्।

प्रदेशसभा बैठक सञ्चालन अन्तरिम कार्यविधि तयार

संघीय संसद् सचिवालयले प्रदेशसभा बैठक सञ्चालनका लागि ‘प्रदेश सभा बैठक सञ्चालन अन्तरिम कार्यविधि २०७४’ गरेको छ। प्रदेशसभा सचिवालय तयार भइनसकेकाले संघीय संसद् सचिवायले नै प्रदेशसभाको कार्यविधि बनाएको छ।

प्रदेश ५ को प्रदेशसभा बैठक माघ २१ गते

संघीय संरचनाअनुसारको प्रदेश संसदअन्तर्गत प्रदेश नं ५ मा प्रदेशसभाको बैठक यही माघ २१ गते बस्ने भएको छ। नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम ५ नं प्रदेश प्रमुख उमाकान्त झाले बैठकको आह्वान गरेको प्रदेश प्रमुख कार्यालयका सचिव सनतकुमार दवाडीले जानकारी दिए।

शैक्षिक तालिम केन्द्रमा प्रदेशसभा बैठक

प्रदेश नम्बर २ को प्रथम प्रदेशसभा बैठक जनकपुरस्थित शैक्षिक तालिम केन्द्रमा बस्ने भएको छ । माघ २१ गते बिहान ११ बजे बस्न लागेको उक्त बैठकका लागि सभाहलभित्र फर्निचर तथा सजावटको काम जारी छ । गत ७ गते प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले प्रदेशसभा सदस्यलाई जनकपुर उद्योग वाणिज्य संघको राजर्षिजनक सभागृहमा शपथ ग्रहण गराएका थिए।

प्रदेशसभाको बैठक माघ २२ मा

प्रदेश नं ४ मा प्रदेशसभाको बैठक यही माघ २२ गते पोखराको नदीपुरस्थित पोखरा उपत्यका नगर विकास प्रशिक्षण केन्द्रको सभाकक्षमा बस्ने भएको छ।

संसद् बैठक आह्वान, सरकार गठनको तयारी

प्रदेश नम्बर ५ का प्रमुख उमाकान्त झाले प्रदेशसभा बैठक र प्रदेश सरकार गठनको तयारी भइरहेको बताएका छन्। प्रदेशसभा सदस्यलाई पद तथा गोपनियताको शपथग्रहण गराउने मुख्य काम सकिएपछि उहाँले प्रदेशसभा बैठक र प्रदेश सरकार गठनको तयारीमा जुटेका हुन्।

कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीको बैठक जारी

राष्ट्रिय सभा उम्मेदवारको यकिन गर्नका लागि नेपाली कांग्रेस शीर्ष नेताको बैठक चलिरहेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा आज बिहान ११ बजेदेखि बसिरहेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले सबै प्रदेशका राष्ट्रिय सभा उम्मेदवारको टुंगो लगाउने कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिए ।

एकता संयोजन समिति बैठक: सुशासन र विकासबारे योजना बनाउन समिति

नेकपा एमाले र माओवादीको पार्टी एकता संयोजन समितिले सुशासन र विकासबारे योजना बनाउन एमाले उपाध्यक्ष बामदेव गौतमको संयोजकत्वमा समिति बनाएको छ।

एमाले र माओवादी एकता संयोजन समितिको बैठक वालकोटमा

नेकपा एमाले र नेकपा माओवादीको पार्टी एकता संयोजन समितिको बैठक बसिरहेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा एमाले र माओवादीका नेताहरुले एकताको विषयमा छलफल गरिरहेका छन्।

कांग्रेस केन्द्रीय समिति बैठक मुख्य अजेन्डामै निस्केन निष्कर्ष

नेपाली कांग्रेस केन्द्रीय समिति बैठकल राष्ट्रियसभा निर्वाचनमा पार्टीले अघि सार्ने उम्मेदवारको मापदण्ड तय नगरी सकिएको छ । राष्ट्रियसभा निर्वाचनलाई मुख्य अजेन्डा बनाएर प्रधानमन्त्री निवास बालुवाटारमा दुई दिनसम्म छलफल गरे पनि बैठकले उम्मेदवार छनोटको कुनै आधार तय गर्न सकेन ।

कांग्रेस बैठकमा देउवाले भने– कसैले भन्दैमा नेतृत्व छाड्दिन

नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको मापदण्ड तय गर्न सकेन। दुई दिनसम्म प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रियसभा निर्वाचनलाई मुख्य एजेन्डा बनाएर छलफल गरेको कांग्रेसले उम्मेदवार छनोटको कुनै आधार तय गर्न नसकेको हो।

कांग्रेस बैठकमा देउवाको कडा आलोचना

‘ज्योतिषीले सभापतिजीलाई सातपटक प्रधानमन्त्री बन्नुहुन्छ भनेका छन् क्यारे तर, उहाँले सरकारको नेतृत्व गर्दा पार्टीलाई फाइदा होइन सधैँ घाटा भइरहेको छ । सभापतिको ग्रहदशा बिग्रेका कारण निर्वाचनमा पराजय भोग्नुपरेको हो । यसको सम्पूर्ण जिम्मेवारी उहाँले नै लिनुपर्छ ।’ नेता रामचन्द्र पौडेल

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्