२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

कांग्रेस नसच्चिने संकेत

काठमाडौँमा साउन २ गते सुरु भएको नेपाली कांग्रेसको कार्यसमिति बैठक एक साता चलेर सकिएको छ। यो प्रतिनिधि सभामा प्राप्त सिटका आधारमा नेपालको सबै भन्दा ठूलो दल हो। सबैभन्दा ठूलो दल भएकै कारण यसका प्रत्येक गतिविधिमा सर्वसाधारणको निगरानी रहनु स्वाभाविक हुन्छ।

कांग्रेस केन्द्रीय कार्य समिति बैठकः हात्ती आयो हात्ती आयो फुस्सा

करिब एक वर्ष पछि बसेको सत्तारुढ नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बुधवार साँझ सकिएको छ। दुई–दुई महिनामा बस्नुपर्ने बैठक एक बर्षपछि बस्दा पनि यसले अपेक्षाकृत रणनीति तर्जमा गर्न सकेन।

कांग्रेस बैठक : पार्टीभित्रको गुट–उपगुट अन्त्य गरौँ

नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले पार्टीभित्र देखिएको गुट–उपगुट अन्त्य गर्दै पार्टीलाई एक ढिक्का बनाएर लैजानुपर्नेमा जोड दिएका छन्।

कांग्रेस केन्द्रीय समिति बैठक सम्पन्न : अर्को बैठक असोज २ गते

यही साउन २ गतेदेखि सञ्चालन भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज सम्पन्न भएको छ। बैठक समापन गर्दै पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बैठकमा आफ्नो बारेमा सोचेभन्दा कम आलोचना भएको बताए।

प्रतिनिधिसभा बैठक अवरुद्ध

प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गर्दै बैठक अवरुद्ध गरेको छ।

सुन तस्करीबारे आधिकारिक धारणा बनाउन एमालेले बोलायो संसदीय दलको बैठक

केही दिन अघि त्रिभुवन विमानस्थलबाट अवैध रुपमा ल्याइएको करिब एक क्विन्टल सुन बाहिरिएको विषयमा पार्टीको आधिकारिक धारणा बनाउन संसदीय दलको बैठक बोलाइएको प्रमुख सचेतक पदम गिरीले नागरिक न्यूजलाई बताए। बैठक १२ बजेका लागि बोलाइएको छ।

कांग्रेस भित्र यस्ता छन् गुट र उपगुटहरू

कांग्रेसमा मुख्यतया सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला नेतृत्वका आआफ्नै गुट देखिन्छन्। तर देउवा र कोइराला नेतृत्वमा रहेको गुटभित्र पनि उपगुटहरूको संख्या मनग्य छ।

कांग्रेस बैठकमा आरोप–प्रत्यारोप

‘कोसी प्रदेश नामकरणका विषयमा पार्टी किन मौन ? त्यहाँ किराँत जागेका छन्, उनीहरूले पहिचानसहितको प्रदेश नाम मागिरहेका छन्।’

काँग्रेस केन्द्रिय कार्यसमिति बैठक: केन्द्रिय नेताहरुले प्रदेशलाई कमजोर बनाउन लागेको गुनासो

लुम्बिनी प्रदेश सभापति अमरबहादुर पुनले पनि काँग्रेसको संगठनात्मक कार्ययोजनामा प्रदेश समितिलाई जोड्ने काम नभएको भन्दै असन्तुष्टि व्यक्त गरे।

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि जारी ,केन्द्रीय सदस्यहरूले धारणा राख्ने

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ।हिजो देखि सुरु भएको बैठकमा आज केन्द्रीय सदस्यहरूले आ आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ।पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठक बिहान ११ बजेदेखि सुरु हुनेछ।

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् कार्यसूची

नेपाली कांग्रेसको आजदेखि केन्द्रीय कार्य समिति बैठक सुरु हुँदै छ। बैठक दिउँसो १ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नदैछ।

एमाले सचिवालय बैठक सम्पन्न, बागमती प्रदेश इन्चार्जमा गुरु बराल

नेकपा एमाले सचिवालय बैठक सम्पन्न भएको छ। आज बसेको बैठकले बागमती प्रदेशको इन्चार्ज गुरु बराललाई दिएको छ।

नेकपा एमालेको सचिवालय बैठक बस्दै

पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्न नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। शनिबार दिउँसो १ बजे ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा बस्नेगरी सचिवालय बैठक बोलाएको हो।

नेकपा एसको सचिवालय बैठक आज पनि बस्दै

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक आज पनि बस्दै छ। शुक्रबार सुरु भएको बैठक नेताहरूले बोल्न क्रम जारी रहेकाले शनिबार बिहान पुनः बस्ने गरी स्थगित भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

सचिवालयको कार्यसूची तय गर्न एमाले केन्द्रीय कार्यालय बैठक बस्दै

नेकपा (एमाले) को केन्द्रीय कार्यालयको बैठक आज बस्दै छ। ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा सचिवालय बैठकको कार्यसूची तय गर्नका लागि कार्यालयको बैठक बस्न थालेको केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्