काठमाडौं- नेकपा एमाले र माओवादीको पार्टी एकता संयोजन समितिले सुशासन र विकासबारे योजना बनाउन एमाले उपाध्यक्ष बामदेव गौतमको संयोजकत्वमा समिति बनाएको छ। समितिमा एमालेबाट भिम रावल, विजय पौडेल, युवराज खतिवडा सदस्य रहेका छन् भने माओवादीबाट वर्षमान पुन, गिरिराजमणी पोखरेल र मिनबहादुर श्रेष्ठ सदस्य छन्।
यस्तै राष्ट्रियसभा सदस्यको सिट बाँडफाँटलाई अनुमोदन गरेको छ। कार्यदलले ४३ सिटमा बाँडफाँट गरेको थियो। जसमा मध्ये २९ एमाले र १४ माओवादीले लिने सहमति भएको थियो।
बैठकले अध्यक्षद्वयबीच जारी छलफललाई निष्कर्षमा पुर्याएर वैचारिक र सांगठानिक कार्यदल बनाउने निर्णय गरेको छ।
प्रकाशित: ७ माघ २०७४ १३:०१ आइतबार