३ पुस २०८२ बिहीबार
image/svg+xml

पहिलो हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सुरु

पहिलो हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी आजदेखि काठमाडौंमा सुरु भएको छ । त्रिभुवन विश्वविद्यालयमा ‘२०२५ प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी’को औपचारिक सुरुवात गरिएको हो ।

निर्धारित समयभन्दा ६ घण्टापछि सुरु भयो एमाले महाधिवेशनको बन्दसत्र

निर्धारित समयभन्दा झण्डै ६ घण्टापछिमात्र केहीबेर अघि भृकुटिमण्डपमा महाधिवेशनको बन्दसत्र सुरु भएको हो । बन्दसत्रको सुरुमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका छन् ।

स्थानीयको सक्रियतामा बनेको प्रहरी वृत्त बौद्धको भवन हस्तान्तरण

भवनको आइतबार प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन्।

गोकुल भन्छन्: ओली डुब्दा म पनि डुब्छु

बास्कोटाले आफू केपी ओलीसँग पर नभएको पनि स्पष्ट पारेका छन् । ‘उहाँ र म एउटै पाटीमा छौँ, कसरी पर हुन्छु ? केपी ओली डुब्दा म पनि डुब्छु, म डुब्दा उहाँलाई पनि असर पर्छ, त्यसैले कुनै नेतालाई मैले सिरानी हालेर हिँड्नु पर्ने अवस्था छैन’, उनले भने ।

पोखरा पुगेर कुलमानले भने: अस्पताल निर्माणलाई बन्धक राख्नु हुँदैन

घिसिङले अब निर्माणलाई बन्धक बनाएर यथास्थितिमा राख्न नसकिने बताए । उनले तत्काल निर्माण सुरु नगरे ठेक्का तोडी निर्माण व्यवसायीलाई कारबाही गर्ने र नयाँ प्रक्रियामा जाने चेतावनी दिए ।

२६०० विन्दुबाट ओर्लियो नेप्से, कारोबार रकममा भने सवाअर्बको वृद्धि

कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १२.५० अंकले घटेर २५९४.८७ विन्दुमा झरेको छ।

कञ्चनजंघा संरक्षण क्षेत्र घुम्ने विदेशीको संख्या बढाउने रणनीति बनाइँदै

बिदेशी पर्यटकको संख्या वार्षक ८ हजार पुर्‍याउने लक्ष्यसहित पर्यटन रणनीति तर्जुमा गर्न थालिएको छ ।

भोलिलाई बोलायो कांग्रेसले आकस्मिक केन्द्रीय समिति

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ। सोमबार बिहान ९ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक बोलाइएको हो।

कांग्रेस नेता आमोदप्रसाद उपाध्यायको उपचारका क्रममा निधन

नेपाली कांग्रेसका पुराना नेता तथा पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधन भएको छ । मुखको क्यान्सरबाट पीडित रहेका उनको ह्याम्स अस्पताल काठमाडौंमा निधन भएको हो । उपाध्यायको शनिबार साँझ उपचारका क्रममा निधन भएको छ ।

खेतीयोग्य बारी बाँझिदै गएपछि बागलुङमा कोदो उत्पादन घट्यो

खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ ।

केन्द्रीय कमिटी बैठक : एमालेले वरिष्ठ उपाध्यक्ष पद हटाउने

महाधिवेशनकाे बन्दसत्र सुरु हुनुअघि बसेकाे बैठकले पार्टीको वरिष्ठ उपाध्यक्ष पद हटाउने निर्णय गरेको छ।

खोरसोरका दुई छावा कतार उड्दै

प्रजनन केन्द्रमा हुर्किएर तालिमपछि सौराहा हात्तीसारमा लागिएका रुद्रकली र खगेन्द्र प्रसादलाई कतार पठाउन लागिएको हो।

उदयपुरमा एकै दिन ब्राउनसुगरसहित पाँच जना पक्राउ

उदयपुरबाट एकै दिन फरक-फरक दुई स्थानबाट ब्राउनसुगरसहित पाँच जना पक्राउ परेका छन्।

अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले गरे पार्टीभित्र चुनाव नलड्ने घोषणा

नेकपा एमालेका उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले पार्टीभित्र चुनाव नलड्ने घोषणा गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्