नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ।
शनिबार भक्तपुरस्थित सल्लाघारीमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा बिहानै सुरु हुने भनिए पनि अझै सुरु भएको छैन।
बिहान ९ बजे बस्ने बन्दसत्र दिउँसो १२:३० का लागि सारिएको थियो। केन्द्रीय कमिटीको बैठकपछि प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले बन्दसत्र ३ बजेका लागि सरेको बताए।
यो पनि पढ्नुहोस्
एमाले महाधिवेशन : पदाधिकारी पुरानै लयमा, केन्द्रीय कमिटी ३०१ सदस्यीय बन्नेप्रकाशित: २८ मंसिर २०८२ १३:५४ आइतबार





