नेप्से परिसूचक लगातार तेस्रो कारोबार दिन घटेको छ। कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १२.५० अंकले घटेर २५९४.८७ विन्दुमा झरेको छ। कारोबार भएको १४ दिनपछि नेप्से आइतबार २६०० विन्दुबाट ओर्लिएको हो ।
आइतबार सेन्सेटिभ इण्डेक्स ०.७९ अंक, फ्लोट इण्डेक्स ०.७७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०३० अंकले घटेपछि समग्र नेप्से प्रभावित बन्यो।
कारोबार रकम भने आइतबार सवा एक एक अर्बले बढेको छ। आइतबार ३३० स्टकको ६० हजार ६९९ पटकको करोबारमा ४ अर्ब ७४ लाख ५५ हजार रुपैयाँबराबरको १ करोड १२ लाख ७२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। गत बिहीबार ३ अर्ब ४९ करोड रुपैयाँबराबरको कारोबार भएको थियो।
स्वस्तिक लघुवित्त वित्तीय संस्था र एसवाई प्यानलको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयरमूल्य ५ प्रतिशतभन्दा बढीले बढेको छ भने सिटी होटलको शेयरमूल्य ६.२६ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा शीष स्थानमा रहेको कुमारी बैंकको २६ करोड १८ लाख रुपैयाँबराबरको संस्थापक शेयर किनबेच भएको छ। ङादी ग्रुप पावरको करिब १९ करोड र शिवम सिमेन्ट्सको करिब ८ करोड रुपैयाँबराबरको कारोबार भयो।
१३ उपसमूहमध्ये आइतबार बैंकिङ्ग र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंकले बढ्यो भने ११ उपसमूहको परिसूचक घटेको छ।
प्रकाशित: २८ मंसिर २०८२ १५:२५ आइतबार





