३ आश्विन २०८१ बिहीबार
image/svg+xml

सालका कडीसहित तीन पक्राउ

कैलालीको गोदावरी नगरपालिका–८ सूर्योदय सामुदायिक वन क्षेत्रबाट एक सय सात थान सालको कडीसहित तीन जना पक्राउ परेका छन्।

प्रमुख प्रशासकीयले कार्यपालिका बैठकको निर्णय उल्ट्याए

टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणबहादुर विष्टले कार्यपालिकाको निर्णय उल्ट्याइ दिएका छन। उनले २०८० जेठ २० गतेको १६ औं कार्यपालिका बैठकले गरेको निर्णय उल्ट्याएका हुन।

ग्रामीण भेगका पाँच सामुदायिक विद्यालयलाई नमूना बनाइने

कैलालीको धनगढी उपमहानगरपालकाले नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयलाई नमूना बनाउने योजना अघि बढाएको छ।

सर्वसाधारणको घरबाट एक महिनामै १ सय ५२ सर्पको उद्धार

अहिले सम्म नगरप्रहरीले १ सय ५२ सर्पको सर्वसधारणको घर, अगान र गोठबाट उद्धार गरिसकेको छ।

फैलिँदै आँखा पाक्ने रोग

कैलाली र कञ्चनपुरमा आँखा पाक्ने रोगको संक्रमण बढ्दै गएको हो। आँखा पाक्ने रोगका कारण अहिले दैनिक सयौंको संख्यामा बिरामीहरु आँखा उपचारका लागि अस्पताल पुग्ने गरेका छन्।

कैलाली पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

कैलालीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। ‘स्थानीय स्थायित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराकासाथ कैलालीलाई आज पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो।

कैलालीको घोडाघोडी सेनाको टोलीबाट शङ्कास्पद वस्तु निस्क्रिय

कैलालीको घोडाघोडी नगरपालिकाको सुक्खड बजारमा आज फेला परेको ग्रिनेट जस्तो देखिने शङ्कास्पद वस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय तुल्याएको छ।

दलित महिला सदस्य भन्छन्: अझै समाजमा छुवाछूत गरिन्छ

टीकापुर नगरपालिकाका–३ का वडा सदस्य कमलादेवी विश्वकर्माले समाजमा जातकै कारण हुने छुवाछूत कायम रहेको बताएकी छन।

अझै अन्योलमा चौधरीको रिहाइ

टीकापुर घटनाको दिन रेशम बर्दियाको सदरमुकाम गुलरियामा थिए। टीकापुरमा अप्रत्यााशित घटना घटेको खबर फोनमा पाएका रेशम गुलरियाबाटै मोटरसाइकलमा भारत प्रवेश गरेको तथ्य बाहिरिएको हो।

स्वास्थ्यकर्मी चार महिनादेखि पारिश्रमिकविहीन

कैलालीको भजनी नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले चार महिनादेखि पारिश्रमिक पाएका छैनन्।

आधुनिक प्रविधिले घटायो गहुँ खेतीको लागत

कैलालीको कैलारी गाउँपालिका–८ पृथ्वीपुरका किसान विहारी चौधरी ११ कट्ठामा गहुँ खेती गर्छन्। उक्त जमिनमा गहुँ खेती गर्दा ११ हजार रुपैयाँ लाग्ने गरेकामा यसपालि लागत भने घटेको छ।

बारीमा सड्यो तरकारी

टीकापुर नगरपालिका–८ वनगाउँका श्यामलाल चौधरीको बारीमा बन्दा गोभी सड्न थालेको छ। करिब आठ कठ्ठा जमिनमा लगाएको बन्दा गोभी किनिदिने कोही छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्