४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

‘असुरक्षित’ बन्दै कैलाली

सुदूरपश्चिम प्रदेशको राजधानीसमेत रहेको कैलालीमा एकपछि अर्को गर्दै क्रुर रूपमा भइरहेका हत्या घटनाका शृंखला बढेपछि जनजीवन असुरक्षित बन्दै गएको छ।

किसानलाई सधैं धोका

किसानलाई कहिले मौसमले त कहिले सरकारले धोका दिँदै आएको छ। सरकारले किसानका लागि भनेर ल्याउने मल समेत समयमै नल्याइँदिँदा पनि ठूलै धोका व्यहोर्दै आएका छन्।

कांग्रेस कैलालीको जिल्ला अधिवेशन स्थगित

कांग्रेस कैलालीको जिल्ला अधिवेशन स्थगित हुने भएको छ। निर्धारित समयभन्दा ढिलो गरी सुरु भएको वडादेखि क्षेत्रसम्मको अधिवेशन कैलालीमा सकिए पनि आज (मंसिर१०) हुने भनिएको जिल्लाको अधिवेशन स्थगित हुने भएको हो।

लागुऔषधको प्रयोग चिन्ताजनक रुपमा बढ्दै

कैलाली र कंचनपुरमा लागुऔषधको प्रयोग चिन्ताजनक ढंगले बढ्दै गएको छ। खुला सीमानाका कारण भारतबाट लागुऔषध यहाँ भित्रिने गरेको छ। ब्राउन सुगर लगायतका लागुपदार्थ प्रयोग गर्ने कलिलो उमेरका किशोरकिशोरीदेखि युवाहरुको संख्या बढ्दै गएको छ।

तत्काल राहतको व्यवस्था गरिनुपर्छ: वरिष्ठ नेता पौडेल

कैलालीको टीकापुरमा आज आयोजित एक कार्यक्रममा उनले बाढीपीडित क्षेत्रमा तत्काल राहतको व्यवस्था गरिनुपर्ने र दीर्घकालीनरुपमा राहतको प्याकेज घोषणा गरिनुपर्ने बताएका हुन्।

वर्षाले धानमा ६ अर्बभन्दा बढी क्षति

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार लुम्बिनी, सुदूरपश्चिम र प्रदेश नम्बर १ को धानबालीमा बढी क्षति भएको छ।

क्रियाशीलबाट हटाइए पुष्करनाथ

२०७४ को निर्वाचनमा देशभरबाट कांग्रेसले प्रत्यक्ष निर्वाचनमा ८६ सिट हात पार्‍यो। निर्वाचनपछि संसदीय बोर्ड र पाटीको केन्द्रीय समितिको बैठकले प्रत्यक्ष निर्वाचित संसद्लाई पुनः निर्वाचन लड्न चाहेमा टिकट दिने निर्णय गरेको थियो।

कैलालीमा पाँच दशकदेखि लालपुर्जाविहीन

कैलालीको मोहना नदी पारी भारतीय सीमासँग जोडिएका मोहनपुर, शिवरत्नपुर र हौसलपुर गाउँका स्थानीयवासी झण्डै पाँच दशकदेखि लालपुर्जाबाट वञ्चित रहेका छन्। सरकारी बेवास्ताका कारण उनीहरुले लालपुर्जा प्राप्त गर्न नसकेका हुन्।

सडक निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग

निर्माण कम्पनीले नाफा मात्रै चाहेको र स्थानीय सरकारले बेवास्ता गरेका कारण निर्माणाधीन सडकको पर्खालमा गुणस्तरहीन सामग्री प्रयोग भइरहेको भन्दै स्थानीयले आक्रोश पोखेका हुन्।

कैलालीमा डल्फिनको संख्या बढ्यो

कैलालीमा विगतको तुलनामा जलचर प्राणी डल्फिनको संख्या वृद्धि भएको छ। डल्फिन जलचर तथा जैविक विविधता संरक्षण कैलालीले गरेको गणनाले डल्फिनको संख्यामा वृद्धि भएको पाईएको छ।

टीकापुरको मुख्य बजार डुबानमा

टीकापुर नगरपालिका भवन आसपासको बलभद्र चोक, सिद्धार्थ चोक, रारा मार्ग, अस्पताल रोडका पसल डुबानमा परेका छन्।

सप्रिँदै पर्यावरण, देखिँदै वन्यजन्तु

‘कैलालीमा जलचरहरु एकपछि अर्को गर्दै देखिन थालेपछि यहाँको पर्यावरणमा सन्तुलन आएको मान्न सकिन्छ,’ विश्व वन्यजन्तु कोषका जल सम्बन्धी विशेषज्ञ करण देवान भन्छन्,‘कैलालीको भजनी र टीकापुर क्षेत्र भएर बग्ने मोहना नदीमा विगत केही समय यता डल्फिनका साथै लोपोन्मुख मगर गोही पनि देखिन थालेका छन्, जलचलहरु देखिनु पनि यहाँको पर्यावरणीय अवस्था सप्रिएको मान्न सकिन्छ।’

बच्चा हुर्काउन फर्किए डल्फिन

कैलालीको दक्षिणपूर्वी क्षेत्रमा जलचर प्राणी डल्फिन देखिन थालेको छ। मोहना, पथरैया, काँडा र कन्द्रा नदीमा पानीको सतह बढेसँगै स–साना बच्चासहित डल्फिन देखिन थालेका हुन्।

टीकापुर नगरपालिकाको नवौं नगरसभा पुनः स्थगित

टीकापुर नगरपालिकाको नवौं नगरसभा वडा विभाजनमा सहमति जुट्न नसकेपछि आज पुनः स्थगित भएको छ। नगरसभा असार १९ गते १ बजेसम्मका लागि स्थगित भएको सदस्य सचिव मोहन अर्यालले जानकारी दिए। असार ६ गते सुरु भएको नगरसभा यसअघि १० गते समेत स्थगित भएको थियो।

टीकापुर नगरपालिकामा तालाबन्दी

टीकापुर नगरपालिका–१ वनगाउँका बासिन्दाले आज नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन्। उनीहरुले वडा विभाजनको विषयमा असहमति जनाउँदै तालाबन्दी गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्