२१ आश्विन २०८१ सोमबार
image/svg+xml

विदेशी मुद्रा सञ्चितिमा कमी: विदेश जानेले २ सय अमेरिकी डलरभन्दा बढी नगद नपाउने

असारको तुलनामा साउनमा विदेशी मुद्राको सञ्चिति ४४ अर्ब २१ करोड रूपैयाँले घटेर १३ खर्ब ५४ अर्ब ८२ करोड रूपैयाँमा झरेको छ। डलर अभाव हुँदै गएपछि राष्ट्र बैंकले तीन वर्षअघि पनि पर्यटक भिसामा विदेश जानेलाई दिँदै आएको दुई हजार पाँच सय अमेरिकी डलरको सुविधालाई एक हजार पाँच सय डलरमा झारेको थियो।

वित्तीय संस्थाको धेरै कर्जा थोक तथा खुद्रा बिक्रेतामा

थोक तथा खुद्रा विक्रेतामा लगानी बढ्नु भनेको स्वदेशमा उपभोग्य वस्तुको खपत बढ्नु हो। केही वर्षदेखि दैनिक गुजारा चलाउनका लागि खाद्य पदार्थसमेत भारत लगायत छिमेकी मुलुकबाट आयात हुने गरेको छ।

अर्थतन्त्रका अवरोध

अर्थतन्त्रका परिसूचकमा यो वर्ष देखिन सुरु गरेका समस्यालाई सरकारले तत्कालै सम्बोधन गर्नुपर्छ। अहिलेको कुल व्यापार घाटा कम गर्न निर्यात बढाएर मात्र सम्भव छैन। सरकारले आयात प्रतिस्थापन रणनीति बनाए सफल हुन सकिन्छ।

चालु वर्षको पहिलो महिनामा १८ प्रतिशतले घट्यो रेमिटेन्स

नेपाल राष्ट्र बैंकले बिहीबार प्रकाशित गरेको विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो महिना (साउन) मा विदेशमा रहेका नेपालीबाट ७५ अर्ब ९६ करोड रूपैयाँ रेमिटेन्स प्राप्त भएको छ। यो अघिल्लो वर्षको तुलनामा करिब १८ प्रतिशतले कमी हो।

विदेश जाने बढे पनि साउनमा घट्यो विप्रेषण आप्रवाह

चालू आर्थिक वर्षको पहिलो महिनामा विप्रेषण आप्रवाह घटेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आवको विवरणअनुसार गत साउन महिनामा विप्रेषण आप्रवाह १८.१ प्रतिशतले कमी आई रु ७५ अर्ब ९६ करोड कायम भएको छ।

तीस अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकले आज सात दिन अवधिको रिपो जारी गर्न लागेको हो।

आजदेखि नयाँ नोट साट्न पाइने

नेपालीको महत्वपूर्ण चाडको रूपमा रहेको दशैँलाई मध्यनजर गरेर बैंक तथा वित्तीय संस्थाले सोमबारदेखि नयाँ नोट उपलब्ध गराउने भएको छ।

आधाभन्दा बढी वैदेशिक लगानी औद्योगिक क्षेत्रमा

औद्योगिक क्षेत्रअन्तर्गत उत्पादन क्षेत्रमा २८.३ र जलविद्युत् क्षेत्रमा २७.५ प्रतिशत वैदेशिक लगानी रहेको छ। यसैगरी, कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २७.३ प्रतिशत सेवा क्षेत्रअन्र्तगत बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीमा रहेको छ।

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

पछिल्लो समय नेपाल राष्ट्र बैंकले बनाएको मार्जिन कर्जाको सीमा विवादमा शेयर बजारमा निकै ठूलो उतारचढाब भएको हो। मार्जिन कर्जाको सीमा रु. १२ करोड केन्द्रीय बैंकले लागू गरेपछि बजारमा नकारात्मक असर परेको हो।

मौद्रिक नीतिको असरः सेयर बजारमा पहिरो

साताको पहिलो दिन आइतबार नेप्से अघिल्लो दिनको कारोबारको तुलनामा एक सय आठ अंकले घटेर दुई हजार आठ सय १८ बिन्दुमा झर्‍यो। जुन पछिल्लो नौ महिनाकै सर्वाधिक गिरावट हो।

सेयर धितो कर्जाको सीमाले उद्योग, व्यवसायको लगानीलाई असर गर्दैन: गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा लगाएको सीमाले औद्योगिक र व्यावसायिक प्रयोजनका लागि लिइने सेयर धितो कर्जा प्रभावित नहुने बताएका छन्।

यो वर्षको मौद्रिक नीति उद्योगी व्यवसायीको पक्षमा: प्रवक्ता ढकाल

नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले यो वर्षको मौद्रिक नीति उद्योगी व्यवसायीको पक्षमा रहेको बताएका छन्।

झुत्रो, मैलो, पुरानो र च्यातिएका नोटबाट ब्रिकेट बनाईने

नेपाल राष्ट्र बैंकले प्रचलनमा ल्याउन नमिल्ने झुत्रो, मैलो, पुरानो तथा च्यातिएका नोटलाई जलाई ब्रिकेट बनाउने प्रविधि भित्र्याएको छ। नेदरल्यान्डस्बाट पहिलोपटक भित्र्याइएको सो प्रविधिको प्रयोगबाट अब प्रचलनमा ल्याउन नमिल्ने नोटलाई भट्टीमा डढाएर निस्कने खरानीबाट इन्धनका रूपमा प्रयोग हुने ब्रिकेट बनाउन थालिएको छ।

सहुलियत कर्जामा एक खर्ब २२ अर्ब लगानी

कोरोनाबाट प्रभावित व्यवसायीलाई प्रदान गर्नका लागि अगाडि सारिएको पुनरकर्जा, सहुलियतपूर्ण कर्जा कार्यक्रममा एक खर्ब २२ अर्ब ७० करोड बराबरको लगानी भएको छ।

एक खर्बले बढ्यो रेमिटेन्स

नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७७/७८ मा रोजगारीका लागि बिदेसिएका नेपालीले नौ खर्ब ६१ अर्ब पाँच करोड रूपैयाँ रेमिटेन्स पठाएका छन्। अघिल्लो आर्थिक वर्ष आठ खर्ब ७५ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्