coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

साताको तेस्रो दिन मंगलबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेपाल स्टक ऐक्सचेन्ज परिसूचक २९९९.५५ बिन्दूबाट सुरु भएको कारोबार २९३६.६१ बिन्दूमा गएर शेयर कारोबार रोकिएको छ।

साताको तेस्रो कारोबार मंगलबार शेयर कारोबार मापक नेप्से उच्च अंकले घटेको छ। नेप्से परिसूचक ४४ दशमलब १८ अंकले घटेर नेप्से परिसुचक २ हजार ९३६ दशमलब ६० विन्दूमा घटेको हो। सोमबार हालसम्मकै उच्च १६१ दशमलब ९४ अंक बढेर २ हजार ९८० दशमलब ७८ बिन्दूमा पुगेको बजार घटेको हो।

नेप्से परिसूचक ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि शून्य दशमलब ९१ प्रतितशत अर्थात् ५ दशमलब शून्य ५ अंकले घटेर ५४८ दशमलब ३५ बिन्दूमा घटेको छ। सोमबार सेन्सेटिभ इन्डेक्स ६ दशमलब शून्य २ प्रतिशत अर्थात् ३१ दशमलब ४१ अंक बढेर ५५३ दशमलब ४० बिन्दूमा पुगेको थियो। कूल २२२ कम्पनीको शेयर १ करोड ५० लाख ८२ हजार ८१ कित्ता शेयर ७ अर्ब ४९ करोड ५८ लाख १२ हजार २ सय ६१ रुपैँया शेयर खरिद बिक्री भएको छ।

नेपाल स्टक एकसचेन्जका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये ११ उपसमूहको शेयर ओरालो लागेको छ भने २ उपसमूहको शेयर उकालो लागेको छ। त्यसमा बैंकिङ १.६८, ट्रेडिङ १.५६, होटल तथा पर्यटन २.९९, विकास बैंक १.२९, हाईड्रोपावर १.५२, फाइनान्स १.६४, नन लाइफ इन्सुरेन्स २.३१, उत्पादन १.९२, माईक्रो फाइनान्स २.५८, इन्सुरेन्स १.८, इन्भेष्टमेन्ट ०.४२ शेयर कारोबार घटेको छ।

आज कारोबार भएको उपसमूहमध्ये म्युचल फण्ड ०.५६ र अन्य १.०१ शेयर कारोबार बढेको छ। कारोबारको आधारमा सानिमा लाईफ इन्सुरेन्स १०, युनाईटेड मोदि हाईड्रो पावर लिमिटेड७.७८ हाईड्रोईलेकट्रिसिटि इन्भेष्टमेन्ट एण्ड डेभलप्मेन्ट कम्पनी लिमिटेड ५.१६, युनिलिभर नेपाल लिमिटेड ५.०३, मनकामना स्मार्ट लघुवित वित्तीय संस्था लिमिटेड ४.०१ प्रतिशतले शिर्षस्थानमा रहेको छ।

आजको कारोबारमा आरएमडिसि लघुवित वित्तीय संस्था ७.७३ , रुरु जलविद्धुत परियोजना लिमिटेड ७.०१, प्रोगेशिब फाइनान्स लिमिटेड ५.६०, फष्ट माईक्रोफाइनान्स डिभलप्मेन्ट बैंक लिमिटेड ५.४३ र माउन्टेन इनरजी लिमिटेड ५.३७  प्रतिशतले गुमाएका छन्।

पछिल्लो समय नेपाल राष्ट्र बैंकले बनाएको मार्जिन कर्जाको सीमा विवादमा शेयर बजारमा निकै ठूलो उतारचढाब भएको हो। मार्जिन कर्जाको सीमा रु. १२ करोड केन्द्रीय बैंकले लागू गरेपछि बजारमा नकारात्मक असर परेको हो। सोमबार राष्ट्र बैंकले जारी गरेको मार्जिन कर्जाको विषय सँगै गर्भनरको राजिनामासहित १८ बुदे माग पूँजी बजार सुधार समिति संघले अघि सारेका थिए।

सोमबार उत्साहित भएका शेयर लगानीकर्ताहरु मंगलबार पर्ख र हेरको अवस्थामा रहेका छन्। राष्ट्र बैंकको १२ करोडको सीमा प्रकरणले गर्दा अझ केही दिन शेयर बजारमा निकै ठूलो उतारचढाब आउन सक्छ।

प्रकाशित: २२ भाद्र २०७८ १२:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App