१७ आश्विन २०८१ बिहीबार
image/svg+xml

अन्योलमा कांग्रेस कार्यकर्ता

संसद् विघटनपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई विभाजनको मुखमा मात्र पुर्‍याएन, (दाहाल–नेपाल) समूहलाई सडकसम्म पुर्‍यो। संसद् विघटनलाई असंवैधानिक र प्रतिगामी कदम भन्दै दाहाल–नेपाल समूह विरोधमा छ। अन्य साना दल पनि प्रधानमन्त्री केपी शर्मा ओलीले कू गरेको भन्दै आन्दोलनमा छन्।

नेकपामा वामदेवले सुरु गरे पार्टी एकता अभियान

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम संसद् विघटन भएपछि राजनीतिक रूपमा विभाजन भएको नेकपालाई पुनः एकता गराउने अभियानमा लागेका छन्। पार्टी एकता राष्ट्रिय अभियानको अवधारणापत्र प्रस्तुत गर्दे बुधबारबाट औपचारिक रूपमा एकता अभियान सुरु गरेका हुन्।

‘संसद् पुनर्स्थापनाले मात्र संविधान जोगिन्छ’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेपाल–दाहाल पक्षका नेता घनश्याम भुसालले संसद् विघटनलाई अदालतले सदर गरे हालको व्यवस्था प्यारालाइज्ड हुने र न्यायपालिकामाथि आक्रमण सुरु हुने बताएका छन् ।

सकसमा सभामुख

संसद् नरहँदा पनि संविधानले सभामुख र उपसभामुखको पद कायम रहने व्यवस्था गरेको छ । वर्तमान अवस्थामा संसद् विघटन भए पनि सभामुख अग्निप्रसाद सापकोटा सभामुख कायमै छन् ।

कांग्रेसले आज स्थानीय तहका सबै वडामा प्रदर्शन गर्ने

संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध नेपाली कांग्रेसले बिहीबार स्थानीय तहका सबै वडामा प्रदर्शन गर्ने भएको छ । प्रधानमन्त्रीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै आएको कांग्रेसले त्यसविरुद्ध चरणबद्ध विरोध प्रदर्शन गर्दै आएको छ । सोही क्रममा कांग्रेसले बिहीबार ६ हजार ७ सय ४३ वटै वडामा विरोध प्रदर्शन गर्न लागेको हो ।

प्रधानमन्त्री ओलीको अभिव्यक्तिले अदालतलाई प्रभावित गर्दैन : न्यायाधीश सिन्हा

न्यायाधीशहरुले संसद् विघटनका सम्बन्धमा सडकमा भइरहेका बहसले सर्वोच्च अदालतलाई प्रभावित नगर्ने स्पष्ट पारेका छन्।

कम्युनिस्ट पार्टीको नाममा अलोकतान्त्रिक शासनको जन्म भयो : योगेश भट्टराई

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका नेता योगेश भट्टराईले आफूहरुको समूहलाई ‘दुध विक्री गर्ने पसल’ र ओली समूहलाई ‘रक्सी बेच्ने पसल’को संज्ञा दिएका छन्।

संसद् विघटनविरुद्धको मुद्दामा सुनुवाइ जारी

प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका मुद्दामा मंगलबार पनि सुनुवाइ जारी छ।

संसद् विघटनका अन्तर्य

नेपाल कम्युनिस्ट पार्टी(नेकपा) फुट्नु स्वाभाविक छ । रूपमा नेकपा एउटै पार्टी देखिए तापनि सारमा त्यो सत्ता सञ्चालन निम्ति बनाइएको तात्कालीन मोर्चा मात्रै थियो । सत्तास्वार्थका निम्ति बनाइएको मोर्चामा सहमतिबमोजिम नचली एक समूह सत्तापक्ष र अर्काे प्रतिपक्ष जस्तो देखिएको मात्रै होइन, राजनीतिक बेरोजगार,सत्तादलाल तथा निकम्मा बन्न बाध्य पारिएपछि मोर्चा जीवित राखिराख्नुपर्ने कुनै आवश्यकता बाँकी रहेन ।

प्रधानमन्त्रीले संसद् विघटन गर्न मिल्दैन भन्ने नेम्वाङको भनाई सर्वोच्चमा इजलासमा पुग्यो

संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले नयाँ संविधानअनुसार संसद् विघटन गर्न नमिल्ने भन्दै गरेको टिप्पणी सर्वोच्च अदालतको इजलासमा पुगेको छ।

'संसद् विघटनलाई राजनीतिक विषय भनेर अदालत उम्किन मिल्दैन'

अधिवक्ता दीनमणि पोखरेलले संसद् विघटनलाई राजनीतिक विषय भनेर अदालत उम्किन नमिल्ने बताएका छन्।

सुवासचन्द्र नेम्वाङको प्रश्न : केपी ओलीलाई संसद् विघटन गर्न किन बाध्य पारियो ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले संसद् विघटनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई बाध्य पारिएको दाबी गरेको छन्।

संसद् विघटनलाई अदालतले सदर गर्‍याे भने देशमा फेरि अस्थिरता सुरु हुनेछ : कृष्ण प्रसाद सिटौला

नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले संसद् विघटन सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले निर्णय दिन ढिलो गरेकोप्रति असन्तुष्टि जनाएका छन्।

'राष्ट्रपति कार्यालयमा दिएको फाइल त बालुवाटार पुगेछ'

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी नेतृ पम्फा भुसालले आफूहरुले विशेष अधिवेशन आह्वानका लागि राष्ट्रपति कार्यालयमा दिएको पत्र बालुवाटर पुर्‍याइएको आरोप लगाएकी छन्।

संसद् विघटनविरूद्ध कांग्रेसले भोलि ७५३ वटै स्थानीय तहमा प्रदर्शन गर्दै

प्रतिनिधि सभा विघटनविरूद्ध नेपाली कांग्रेसले भोलि देशव्यापी प्रदर्शन गर्दैछ। पूर्व निर्धारित कार्यक्रमअनुसार कांग्रेसले भोलि देशभरका ७५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गर्न लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्