५ आश्विन २०८१ शनिबार
image/svg+xml

कर्णालीमा ५० करोडको कोष

कर्णाली प्रदेश सरकारले कोरोना भाइरस रोकथाम तथा प्रतिकार्य योजनाका लागि ५० करोड रुपैयाँको विपद् व्यवस्थापन कोष स्थापना गर्ने निर्णय गरेको छ। सोमबार बसेको २२औं मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो।

प्रदेश सरकारले १० करोडको कोष बनाउँदै

प्रदेश सरकारले कोरोना संक्रमण नियन्त्रणकालागि १० करोडको कोष बनाउने भएको छ। सोमबार बसेको मन्त्रीपरिषदको बैठकले १० करोडको कोष खडा गर्ने निर्णय गरेको हो।

गण्डकी प्रदेश भित्रिने नाकामा रोक

गण्डकी प्रदेश सरकारले मंगलबार बिहानदेखि प्रदेशभित्र आउजाउ गर्न नपाउने गरि नाकामा रोक लगाउने भएको छ। सार्वजनिक सवारी आउजाउ रोक्दै अत्यावश्यक सामाग्री मात्र भित्र्याउन पाउने व्यवस्था गरेको प्रदेश सरकारले बताएको छ। कोरोना संक्रमित बिरामी भित्रिन सक्ने जोखिम रहेको भन्दै प्रदेशले सार्वजनिक सवारी संचालनमा रोक लगाउने निर्णय गरेको हो।

विदेश भ्रमणमा रोक

सरकारले कोरोना भाइरस (कोभिड–१९) को जोखिमबाट जोगिन जनप्रतिनिधि, कर्मचारीलगायत सकारी पदाधिकारीलाई विदेश भ्रमणमा रोक लगाएको छ। विश्वभर फैलिएको कोरोनाका कारण वैदेशिक भ्रमणमा सहभागिता जनाउनु जोखिमपूर्ण भएकाले सरकारले यस्तो निर्णय गरेको हो।

उच्च जोखिम, न्यून सतर्कता

सामान्य कपडाको मास्क लगाएका स्वास्थ्यकर्मीसँग पन्जा र सेनिटाइजरको व्यवस्थासमेत नरहेकाले उनीहरुले खुला हातले नै स्वास्थ्य परीक्षण गरिरहेका छन्। एक सिफ्टमा एकजनाले मात्रै स्वास्थ्य जाँच गरिरहेकाले भारतबाट नेपालतर्फ फर्किरहेका कतिपय व्यक्ति निर्बाध रुपमै नेपाल प्रवेश गरिरहेका छन्।

नेपालीलाई फर्काउने खबर सत्य होइन : नेपाली दूतावास युएई

युएईमा कार्यरत नेपालीहरुलाई सामुहिक रूपमा घर फर्काउन लागिएको समाचारको अबुधाबीस्थित नेपाली दूतावासले खण्डन गरेको छ।

८ महिनामा प्रदेश सरकारको ६ प्रतिशतमात्रै बजेट खर्च

जिल्लामा प्राप्त प्रदेश सरकारको बजेट खर्च निकै कम देखिएको छ। आर्थिक वर्षको दोस्रो चौमासिक मसान्तसम्म पनि सुदूरपश्चिम प्रदेश सरकारबाट जिल्लामा प्राप्त कुल बजेटको चालुतर्फ २३ प्रतिशत र पुजिँगततर्फ जम्मा ६ प्रतिशत बजेट खर्च देखिएको हो।

घर फर्किन नपाएपछि खाडीका नेपाली चिन्तित

सरकारले कोरोना नियन्त्रण एवं रोकथामका लागि आज मध्य रातीदेखि लागू हुनेगरी युरोप सहित विभिन्न मुलुकबाट अप्रिल १५ सम्म कसैलाई आउन नदिने निर्णय गरेसँगै खाडी मुलुकमा कार्यरत नेपालीहरु चिन्तित बनेका छन्।

बागमती प्रदेश सभाको मुख्य सचेतकमा केशवराज पाण्डे नियुक्त

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बागमती प्रदेश सभाको मुख्य सचेतकमा केशवराज पाण्डे नियुक्त भएका छन्।

बाग्मती प्रदेशले ५ सय शैड्ढयाको क्वारेन्टाइन कक्ष बनाउने

कोरोना भाइरस(कोभिड–१९) संक्रमणका शंकास्पद बिरामीको निगरानी तथा व्यवस्थापनका लागि बाग्मती प्रदेश सरकारले प्रदेश राजधानी हेटौंडाको चार स्थानमा ५ सय शैड्ढयाको क्वारेन्टाइन कक्ष निर्माण गर्ने भएको छ।

टेलिकमको रिङव्याक टोनमा कोरोना सन्देश

नेपाल टेलिकमले कोभिड–१९ को संक्रमणको सतर्कताका लागि रिंगब्याक टोनमा कोरोना सन्देश दिन थालेको छ।

वाग्मती प्रदेशसभा बैठक रोक्न माग

वाग्मती प्रदेश सदस्यहरूले कोरोना भाइरस संक्रमण बढ्दै गएकाले संसद् बैठक रोक्न माग गरेका छन्। तर मुख्यमन्त्री डोरमणी पौडेलले सरकार तयारी अवस्थामा रहेका बैठक रोक्नुपर्ने अवस्था नरहेको बताए।

नाम र राजधानीको मुद्दा झनै पेचिलो

राजधानी र नामकरण टुंग्याउन प्रदेश २ को प्रदेशसभामा मंगलबार मतदानमार्फत दिनभरि भएको प्रयास असफल भयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्