६ आश्विन २०८१ आइतबार
image/svg+xml

मधेस प्रदेशको अधिवेशन अनिश्चित

गत असार ३१ गते अन्त्य भएको मधेस प्रदेशसभा अधिवेशन अझै सुरु भएको छैन। अधिवेशन सुरु नहुँदा महत्त्वपूर्ण विधेयक पारित हुन सकेका छैनन्।

सँधैभरि बल्झिरहने नेपाल-भारत सीमा क्षेत्र व्यवस्थित गर्न परमादेश

सँधैभरि बल्झिरहने नेपाल–भारतको खुला सीमा क्षेत्रलाई दीर्घकालीन व्यवस्थापन गर्न सर्वोच्च अदालतले सरकारका नाममा परमादेशको आदेश जारी गरेको छ ।

फिल्म मायावीका मुख्य कलाकारहरुको लाइनअप सार्वजनिक

निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको नयाँ नेपाली फिल्म मायावीका मुख्य कलाकारहरुको लाइनअप सार्वजनिक भइरहेको छ। यही क्रममा फिल्ममा अभिनेत्री करिश्मा श्रेष्ठ अनुबन्धित भएकी छन्।

देश बनाउने जिम्मेवारी युवा पुस्ताको काँधमा छ : उपाध्यक्ष भुसाल

नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष पम्फा भुसालले शिक्षित युवा तथा विद्यार्थीले मुलुकको समृद्धिमा भूमिका खेल्नुपर्ने बताएकी छिन्। ललितपुरमा आज आयोजित शिक्षक सम्मान, पुरस्कार वितरण तथा सांकृतिक कार्यक्रममा उनले देशलाई समृद्ध बनाउने जिम्मेवारी युवा पुस्ताको काँधमा आएको बताइन।

चिकित्सक कुटपिटको घटनालाई गम्भीररूपमा लिएको छु : प्रदेश स्वास्थ्यमन्त्री जोशी

बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले चिकित्सकमाथि भएको अमानवीय घटनालाई आफूले गम्भीररूपमा लिएको बताएका छन्।उनले ती अभियुक्तलाई कडा कानुनी कारबाही गर्न स्थानीय प्रहरी प्रशासनलाई आफूले समन्वय गरिरहेको बताए।

बागमती प्रदेशसभाको बैठक विभिन्न विषयमा सरकारको ध्यानाकर्षण

बागमती प्रदेशसभाको आज बसेको बैठकको विशेष समयमा प्रदेशसभाका २२ सदस्यले आ–आफ्नो धारणा व्यक्त गरी सरकारको ध्यानाकर्षण गराएका छन। बैठकमा सत्तापक्ष र प्रतिपक्षका सदस्यले हेटौँडामा केही दिनअघि घटेको चिकित्सक कुटपिटको घटनालाई प्रहरी प्रशासनले निष्पक्ष ढङ्गबाट अनुसन्धान गरी आक्रमण गर्ने समूहलाई कारबाहीको दायरामा ल्याउन माग गरे।

छुरा प्रहारबाट रौतहटमा एक युवकको हत्या

आपसी विवादका कारण छुरा प्रहारबाट रौतहटमा एक युवकको हत्या भएको छ। रौतहटको कटहरिया नगरपालिका ५ मा साना साना बालबालिकाहरू खेल्ने विषयमा भएको विवादले झगडाको रुप लिएको थियो। शुक्रवार राति झगडाको क्रममा मारपिट भएपछि विपक्षीको छुरा प्रहारबाट २५ वर्षीय सुनिल राय यादवको मृत्यु भएको छ।

७ बजे ७ प्रदेश: सांसदले समय नदिँदा दलित समुदायका घर बनेनन्

तर सिफारिस समितिको बैठक बस्न नसक्दा ९८ लाख रुपैयाँ फ्रिज भएको जिल्ला पूर्वाधार कार्यालय जुम्लाका प्रमुख हरि वली बताउँछन्।

एसिया कप क्रिकेट : भारतविरुद्ध बङ्गलादेशको २६५ रन

एसिया कप क्रिकेट अन्तर्गत भारतविरुद्ध बङ्गलादेशले २६५ रन बनाएको छ।सुपर फोरका अन्तिम खेलमा बङ्गलादेशले भारतविरुद्ध निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६५ रन बनाएको हो।

प्रहरी सेवालाई प्रविधिमैत्री बनाउँदै लगिने

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले विज्ञान र प्रविधिको जमानामा प्रहरीले पनि सोहीअनुरुप अन्तर्राष्ट्रिय स्तरको प्रविधिको प्रयोग गर्न जरुरी रहेको बताएका छन्।

सामाजिक सञ्जालको जालोमा पर्दा वैदेशिक रोजगारीमा ठगी बढ्दो

केही दिनअघि इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारीका लागि क्यानडा जान कामदार भिसा पाइने भनी नक्कली विज्ञापनमा फसेर एक पीडितले ३४ लाख गुमाए।

दीपक-दीपाको आईएनआई सिनेमा हल सञ्चालनमा

अभिनेता तथा चलचित्र निर्माता दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माले आईएनआई सिनेमा हल सञ्चालनमा ल्याएका छन्।

बागमती प्रदेश सभाको बैठक भोलि बस्ने

आज दिउँसो १ बजे बस्ने भनिएको प्रदेश सभा बैठक विशेष कारण भोलि बिहान ११ बजेका लागि तय गरिएको हो।

खुला रूपमा दुग्ध तथा दुग्धजन्य परिकार बिक्री वितरण नगर्न महानगरको निर्देशन

काठमाडौँ महानगरपालिका कृषि तथा पशुपक्षी विभागले खुलारूपमा दुग्ध तथा दुग्धजन्य परिकार बिक्री गर्ने पसललाई मापदण्ड कायम तथा व्यवसाय दर्ता गर्न निर्देशन दिएको छ।

आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

जल तथा ‍मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै नेपालमा हाल भारतको दक्षिण(पुर्वी उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्