१६ असार २०८१ आइतबार
image/svg+xml
खेल

एसिया कप क्रिकेट : भारतविरुद्ध बङ्गलादेशको २६५ रन

एसिया कप क्रिकेट अन्तर्गत भारतविरुद्ध बङ्गलादेशले २६५ रन बनाएको छ।सुपर फोरका अन्तिम  खेलमा बङ्गलादेशले भारतविरुद्ध निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६५ रन बनाएको हो।

श्रीलङ्काको कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट रंगशालामा भएको खेलमा भारतले टस जितेर बङ्गलादेशलाई  पहिले ब्याटिङ गर्ने निम्तो दिएको हो।  बंगलादेशविरुद्धको खेल अघि नै फाइनलमा पुगेको भारतले आज ५ खेलाडीलाई बेन्चमा राखेर नयाँ खेलाडीलाई उतारेको छ। भारतले  आज  तिलक बर्मा, प्रसिद्ध कृष्णा, मोहम्मद सामी, सूर्यकुमार यादव र शार्दूल ठाकुरलाई आजको खेलमा मौका दिएको छ। भारतले विराट कोहली, जस्प्रित बुमराह, हार्दिक पान्ड्या, कुलदीप यादव र मोहम्मद शिराजलाई बेन्चमा राखेको छ।

बङ्गलादेश चाहि यस अघिका दुई हारिसकेकोले आजको खेल औपचारिक मात्र भएको छ।भारतविरुद्ध बङ्गलादेशका लागि कप्तान शाकिब अल हसनले ८५ बलमा ६ चौका र ३ छक्काको सहयोगमा ८० रनको अर्धशतकीय पाली खेले।त्यसैगरी टोहिद हृदयले ८१ बलमा ५ चौका र २ छक्काको सहयोगमा ५४ रन बनाए।नसुम अहमदले ४५ बलमा ४४ तथा मेहदी शसनले २३ बलमा २९ रन बनाए।भारतका लागि शार्दूल ठाकुरले ३ तथा मोहम्मद सामीले २ विकेट लिए। 

हिजो राती भएको खेलमा पाकिस्तानलाई पराजित गरि श्रीलङ्का फाइनलमा पुगेको छ । भारत र श्रीलंकाबीच  आइतबार उपाधिका लागि भिडन्त हुनेछ। 

प्रकाशित: २९ भाद्र २०८० १३:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App