५ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

फिल्म मायावीका मुख्य कलाकारहरुको लाइनअप सार्वजनिक

निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको नयाँ नेपाली फिल्म मायावीका मुख्य कलाकारहरुको लाइनअप सार्वजनिक भइरहेको छ। यही क्रममा फिल्ममा अभिनेत्री करिश्मा श्रेष्ठ अनुबन्धित भएकी छन्।

यस फिल्मका लागि मुख्य नायिकामा दीपिका प्रसार्ई र मुख्य नायकमा पल साह तथा सुशील सिटौला अनुबन्धित भइसकेको अवस्थामा निर्माण पक्षले करिश्मालाई नायिकाका रुपमा अनुबन्ध गरेको हो। यसअघि नवनायकका रुपमा म्यान हन्ट इन्टरनेश्नल नेपाल २०१६ुका विजेता समिम खान अनुबन्धित भइसकेका छन्।

फिल्म एउटा साथीबाट नेपाली रजतपटमा डेब्यू गरेकी करिश्माले यो फिल्मपछि लभ सब र बाबु कान्छाुमा अभिनय गरेकी छिन्। त्यसयता कुनै पनि फिल्ममा अभिनय नगरेकी करिश्माले लामो समयपछि मायावीबाट फिल्ममा कमव्याक गर्न लागेकी हुन्।

यही फिल्ममार्फत अभिनेता राज कटुवाल निर्माताका रुपमा फिल्म क्षेत्रमा डेब्यू गर्दैछन्। निर्देशक भट्टराई स्वयंको कथा रहने यो फिल्म क्रिएटिभ सिने आर्टसको व्यानरमा निर्माण हुन लागेको हो।

फिल्ममा एसडी योगीको संगीत, राम अविरल विष्टको गीत, राजुविक्रम थापाको डिओपी रहनेछ। फिल्म असोज २ गतेबाट फ्लोरमा जानेछ। फिल्मको छायांकन पोखराको रमणीय स्थलमा गरिने निर्देशक भट्टराईले जानकारी दिए।

दिवाकरले फिल्म मेरो जीवन साथी,स्टुपिड मन ड्रिम्स ऐश्वर्य र ुक्याप्टेनु निर्देशन गरिसकेका छन्।

 

प्रकाशित: ३० भाद्र २०८० १५:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App