१९ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

दीपक-दीपाको आईएनआई सिनेमा हल सञ्चालनमा

अभिनेता तथा चलचित्र निर्माता दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माले आईएनआई सिनेमा हल सञ्चालनमा ल्याएका छन्।

बानेश्वरस्थित एनबी सेन्टरमा आईएनआई सिनेमाको फ्रेन्चाइजअन्तर्गत सिनेमा हल सञ्चालनमा ल्याइएको हो। गिरी, निरौला र शर्माले १० करोड रुपैयाँ लागतमा सिनेमा हल निर्माण गरेका हुन्। कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार हरिवंश आचार्यले चलचत्रि बनाउनु पनि तपस्या गरे सरह रहेको बताए। आम दर्शकलाई चित्त बुझाउने काम भनेको एउटा तपस्वीले तपस्या गरेर बल प्राप्त गरेको सरह भएको उनको बुझाइ छ। उनले पहिला नामका लागि काम गरेपनि पछि नामसँगै पैसा कमाउन थालिएको तर समयलाई चिन्नुपर्ने आवश्यकता औंल्याए। आफूहरुले गर्न नसकेको काम सिनेमा हल सञ्चालन गरेर दीपक र दीपाश्रीले कलाकारको सपना पूरा गरेकोमा खुशी व्यक्त गरे।

उनले भने, ‘साँच्चै नै नेपाली चलचित्र क्षेत्र र नेपाली कलाकारिता क्षेत्र असाध्यै सानो पाइलाबाट अघि बढेको हो। चलचित्र क्षेत्र तपस्वीले तपस्या गरेको जस्तै हो। जसरी प्रसुतिको बेला बच्चा जन्माउन एउटा आमालाई पीडा हुन्छ, त्यसरी नै र त्यत्ति नै गाह्रो एउटा कथाकारलाई कथा निकाल्न हुन्छ। आम दर्शकलाई चित्त बुझाउने काम भनेको एउटा तपस्वीले तपस्या गरेर बल प्राप्त गरेको जस्तै हो।’

कार्यक्रममा बोल्दै अभिनेता तथा निर्माता दीपकराज गिरीले नेपाली चलचित्र उद्योगले सरकारबाट आवश्यक सुविधा नपाएको गुनासो गरे। उनले निर्माताले चलचत्रि भवनबाट प्राप्त गर्ने पैसा निर्माता र प्रदर्शकको बराबर हुनुपर्ने बताए। आफ्नो सिनेमा हलबाट प्रदर्शक र निर्माताले बराबर पैसा पाउने घोषणा गरे।  

प्रकाशित: २९ भाद्र २०८० ०६:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App