१९ आश्विन २०८१ शनिबार
image/svg+xml

नागरिककर्मी श्रेष्ठसहित ११ पत्रकार सम्मानित

मकवानपुरका नागरिककर्मी अशोकसुजन श्रेष्ठ उत्कृष्ट चलचित्र पत्रकारिता वर्ष अवार्डबाट सम्मानित भएका छन्।

कृष्ण सेन ‘इच्छुक’ पत्रकारिता पुरस्कार थापालाई

यस वर्षको ‘कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार’ सूर्य थापालाई प्रदान गरिएको छ। पत्रकार तथा साहित्यकार शहीद कृष्णसेन ‘इच्छुक’ को १७ औँ स्मृति दिवसका अवसरमा आज प्रेस सङ्गठन नेपालले आयोजना गरेको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले थापालाई पुरस्कार प्रदान गरेका हुन्।

पत्रकारलाई सम्मान र पुरस्कार

चलचित्र पत्रकार संघ, नेपालले आफ्नो स्थापनाको २० औं वर्षको अवसर पारेर दुई सञ्चारकर्मीलाई सम्मान तथा तीनलाई पुरस्कार प्रदान गरेको छ । मंगलबार साँझ राजधानीमा आयोजित कार्यक्रममा सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले रंग पत्रकारहरूमा नरेश भट्टराई र श्याम स्मृतलाई ‘चलचित्र पत्रकारिता सम्मान’ बाट सम्मानित गरे । उनीहरूले सम्मानसँगै सम्मानपत्र, दोसल्ला र ट्रफी प्राप्त गरे ।

लम्साल र खड्गी सम्मानित

‘चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान २०७६’ बाट सञ्चारकर्मी तथा कवि डा. नवराज लम्साल सम्मानित भएका छन् । चलचित्र पत्रकार संघ मकवानपुरले २० औं चलचित्र पत्रकारिता दिवसको अवसरमा लम्साललाई मंगलबार हेटौंडामा ११ हजार एक सय ११ रुपैयाँसहित सम्मान गरेको हो । त्यस्तै, ‘चलचित्रकर्मी सम्मान २०७६’बाट द्वन्द निर्देशक तथा कलाकार राजेन्द्र खड्गी सम्मानित भएका छन् । पारिवारिक समस्याले कार्यक्रममा अनुपस्थित उनलाई अन्य कार्यक्रममा सम्मान प्रदान गरिने संघका अध्यक्ष मणिराज गौतमले बताए ।

पत्रकारिता हिरोइजम हैन!

सरकारले नेपाली सञ्चार क्षेत्र र सञ्चारकर्मीको घाँटी निमोठ्ने गरी मिडिया काउन्सील विधेयक ल्याउन लागेको भन्दै पत्रकार महासंघ लगायतका संबद्ध संस्थाहरुले विरोध गरे। महासंघले विधेयकमा धेरै आपत्तिजनक प्रावधानहरु समावेश गरीएको भन्दै संसोधन हुनुपर्ने भन्दै आन्दोलनको घोषणा पनि गर्यो। बैशाख २६ गते दर्ता भएको मिडिया काउन्सिल सम्वन्धी विधेयकका प्रावधानप्रति कुनैपनि मिडियाहरुलाई मन परेन। प्रस्तावित विधेयकको दफा १८ मा जरिवाना गरी क्षतिपूर्ति भराइदिन सक्ने भन्ने प्रावधानले पत्रकारिताको विश्वव्यापी मान्यता र नेपालको संविधानको समेत उल्लंघन गरेको नेपाली सञ्चारजगतको धारणा छ। मिडिया काउन्सिलले पत्रकारका लागि आचारसंहिता जारी गर्ने र त्यो आचारसंहिता विपरीत कुनै सामाग्री प्रकाशन प्रसारण भएमा सम्बन्धित पक्षको उजुरीका आधारमा २५ हजारदेखि १० लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने उल्लेख छ। यसैको बिरोधमा सञ्चारक्षेत्र आन्दोलित भैरहदाँ पत्रकार कै कारण फेरी नेपाली मिडिया जगतमा बहस सुरु भएको छ। कारण टिभी कार्यक्रमको बिषयलाई लिएर सामाजिक सञ्जाल भरी पत्रकारहरुनै पत्रकारको पक्ष र विपक्षमा देखा परेका छन्।

मिडियामा अंकुश

सरकारले पत्रकार र पत्रकारितालाई कानुनबाट कस्नेगरी जे–जस्ता कानुनी प्रबन्ध गर्ने प्रयास गरिरहेको छ, त्यो आपत्तिजनक र भत्र्सनायोग्य छ। सरकारले आफ्ना गलत क्रियाकलापको सञ्चारमाध्यमले आलोचना गर्न थालेपछि त्यसलाई नियन्त्रण गर्ने वा अंकुश लगाउने मनशायले मिडियासम्बन्धी विभिन्न कानुनमा त्यसै किसिमको प्रावधान राख्दै ल्याएको प्रस्ट बुझ्न सकिन्छ।

सञ्चार ऐनबारे गलत प्रचार : मन्त्री बाँस्कोटा

नेपालको पत्रकारिता क्षेत्रको विकास र सुधारको लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पाँचवटा कानुन अगाडि बढाएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताएका छन्। संसद्मा पेस भएको तथा विचाराधीन अवस्थामा रहेका ऐन कानुनले सञ्चारमाध्यमलाई आर्थिकरूपमा सक्षम बनाउने, न्यूनतम पारिश्रमिक अनिवार्य गराउने, ठगीमाथि नियन्त्रण गर्ने, मिडियालाई पारदर्शी बनाउने उनले बताए।

पत्रकारिता सिकाउने पुस्तक

पत्रकारिताको पाठ्यसामग्रीका रूपमा एकराज पाठकको ‘आमसञ्चार र पत्रकारिता’ पुस्तक प्रकाशित भएको छ। पैरबी प्रकाशनले छापेको पुस्तकले सैद्धान्तिक ज्ञान फराकिलो बनाउन सहयोग पु-याउँछ।

अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार स्थापना

अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले यसै वर्षदेखि वितरण गर्ने गरी अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कारको अक्षयकोष स्थापना गरेको छ।

विश्व प्रेस स्वतन्त्रता दिवस: सत्य तथ्य पत्रकारिता गर्नुपर्नेमा जोड

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा विभिन्न वक्ताहरुले आ आफ्नो धारणा ब्यक्त गरेका थिए

सूचना यात्राका आरोह/अवरोह

पत्रकारिता व्यवसाय अथवा पेसामात्र हो भन्ने कुरा म मान्न सक्दिनँ। मेरो विचारमा पत्रकारिता जनताको सेवा पनि हो। पेसा हो र कला पनि।

बारबरा एडम्स खोजी पत्रकारिता पुरस्कार नागरिककर्मी खड्का र ओलीलाई

नागरिककर्मी रुद्र खड्का र अर्जुन ओलीलाई बारबरा एडम्स खोजी पत्रकारिता पुरस्कार २०१८ बाट सम्मानित गरिने भएको छ।  पुरस्कार छनोटका लागि गठित निर्णायक समितिले सिँक्टा सिँचाइ आयोजनाको अनियमितता बाहिर ल्याउन खोज पत्रकारिता गरेको खड्का र ओलीलाई संयुक्त रुपमा भन्दै १ लाख १ रुपैयाँ राशीको पुरस्कारबाट सम्मानित गर्ने निर्णय गरेको हो।

मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार सम्पादक घिमिरेलाई प्रदान

मदन भण्डारी स्मृति पत्रकारित पुरस्कारबाट रिपब्लिका अंग्रेजी दैनिकका सम्पादक सुभास घिमिरे सम्मानित भएका छन्। रिपोर्टर्स क्लब नेपालले प्रदान गर्दै आएको उक्त पुरस्कार सम्पादक घिमेरेसँगै पत्रकार हरिप्रसाद जोशीलाई संयुक्त रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदान गरे।

‘कुलप्रसाद–चेतकुमारी धमला स्मृति पत्रकारिता पुरस्कार’ नागरिकर्मी घिमिरेलाई

यो वर्षको ‘कुलप्रसाद–चेतकुमारी धमला स्मृति पत्रकारिता पुरस्कार’ नागरिककर्मी शिवहरि घिमिरेलाई प्रदान गरिने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्