१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार सम्पादक घिमिरेलाई प्रदान

तस्बिर : दिनेश लुइटेल/नागरिक

काठमाडौं- मदन भण्डारी स्मृति पत्रकारित पुरस्कारबाट रिपब्लिका अंग्रेजी दैनिकका सम्पादक सुभास घिमिरे सम्मानित भएका छन्। रिपोर्टर्स क्लब नेपालले प्रदान गर्दै आएको उक्त पुरस्कार सम्पादक घिमेरेसँगै पत्रकार हरिप्रसाद जोशीलाई संयुक्त रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदान गरे।

राजधानी र मोफसलका वरिष्ठ पत्रकारहरुलाई दिँदै आइरहेको उक्त पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ। घिमिरे र जोशीलाई जनही ५०/५० हजार रुपैयाँ प्रदान गरिएको छ। घिमिरे लामो समयदेखि पत्रकारितामा सक्रिय छन्। छोटो समयमा अंग्रेजी पत्रकारितामा आफ्नो क्षमता र कुशलता प्रर्दशन गर्दै घिमिरेले व्यवसायिक पत्रकारिताको संस्थागत विकास र प्रर्वद्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

यो वर्षको वीरेन्द्र साह स्मृति पत्रकारिता पुरस्कार कान्तिपुर दैनिकका सहायक वरिष्ठ उप–सम्पादक राजेश मिश्रलाई प्रदान गरिएको छ। त्यस्तै कृष्णसेन ईच्छुक स्मृती पत्रकारिता पुरस्कार क्रान्तिकारी पत्रकार संघका संस्थापक अध्यक्ष एवम् प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहाललाई प्रदान गरिएको छ। शहिद जगतजंग शाह स्मृति पत्रकारिता पुरस्कार पत्रकार डिल्ली बसेललाई, रिपोर्टर्स क्लब नेपाल उत्कृष्ट युवा पत्रकारिता पुरस्कार पत्रकार सन्तोष न्यौपाने, क्रियाशील युवा पत्रकारिता पुरस्कार–२०७५ राजधानी दैनिकका समाचार सम्पादक ध्रुव लम्साललाई प्रदान गरिएको छ।

त्यसैगरी यो वर्षको क्रियाशील महिला पत्रकारिता पुरस्कार पत्रकार उषाकिरण कँडेललाई प्रदान गरियव्।

 

प्रकाशित: १७ चैत्र २०७५ ०५:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App