११ मंसिर २०८१ मंगलबार
image/svg+xml

दुई साता नपुग्दै उप्कियो कालोपत्रे

सुनसरीको रामधुनी नगरपालिकास्थित प्रसिद्ध धार्मिक स्थल रामधुनी मन्दिर जाने सडकको कालोपत्रे दुई साता नपुग्दै उप्किएको छ। टेन्डर आफ्नो पक्षमा पार्ने होडबाजीमा निर्धारितभन्दा झन्डै आधा रकममा ठेक्का लिएको कम्पनीले कमसल काम गर्दा कालोपत्रे उप्किएको हो। सडकका थुप्रै स्थानमा कालोपत्रे उप्किन थालेपछि स्थानीयले ठेकेदार कम्पनीलाई गुणस्तरीय ढंगले काम गर्न दबाब दिन थालेका छन्।

म्याद गुज्रिन्छ, कालोपत्रे सकिन्न

मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको दिक्तेल–चखेवाभञ्ज्याङ (४६ किलोमिटर) सडकको कालोपत्रेको काममा ढिलाइ भएको छ। पाँच खण्डमा विभाजन गरेर २०७२ चैतदेखि कालोपत्रको काम थालिएको थियो।

कालोपत्रे तीन महिना नपुग्दै उप्किन सुरु

सोलुदुधकुण्ड नगरपालिका–७ जोरबौद्धदेखि थुलुङ दुधकोसी गाउँपालिका–१ नेलेबजारसम्मको कालोपत्रे तीन महिना नपुग्दै उप्किन थालेको छ। जोरबौद्धदेखि देउसाको बोगलसम्म करिब २२ किलोमिटर ग्राबेल र जोरबौद्ध देखि नेलेसम्म करिब १० किलोमिटर कालोपत्रे गरिएको भए पनि तीन महिना नपुग्दै उप्किन थालेको हो। कालोपत्रे करिब ७ दशमलव ५ किलोमिटर मात्रै गरिएको छ। झन्डै एक दर्जन घुम्ती ग्राबेलकै भरमा छाडिएको छ।

सवारी चाप हुने समयमा कालोपत्रे

खाल्टाखुल्टी परेको नौबिसे–नागढुंगा सडकखण्डका ठाउँठाउँमा कालोपत्रे गर्ने काम भइरहेको छ । चाडपर्वको समयमा अत्यधिक सवारी चाप बढ्ने र मानिसहरूको आवतजावत पनि बढी हुने भएकाले सवारी जाम बढेको छ।

कालोपत्रेले जामैजाम

‘झन्डै ५ घण्टा जाममा बसेपछि थाहा पो, थानकोट–नौबिसे खण्डमा सडक टालटुल हुँदै रहेछ। सवारीको अति लामो लस्कर छ। त्यसमा कति विरामी छन्, कसैका अति जरुरी काम होलान्। कोहि अर्को यात्रामा जानू होला। यो सडक टालटुलको काम यात्रुलाई सकसमा नपारी गर्न सकिन्न होला?’

कालोपत्रको माग गर्दै चक्काजाम

महिनौंदेखि भत्किएको पूर्व–पश्चिम राजमार्ग कालोपत्रे नगरेको भन्दै हरिवन नगरपालिकाअन्तर्गत नयाँ रोडवासीले बिहीबार चक्काजाम गरेका छन्।

कालोपत्रे माग्दै चक्काजाम

महिनौंअघि भत्किएको पूर्व–पश्चिम राजमार्गअन्तरगतको नयाँरोड खण्ड कालोपत्रे नगरिएकोभन्दै आक्रोसित स्थानीयले विरोध स्वरुप चक्काजाम गरेका छन्।

ग्रामीण सडक निर्माणमा ४४ करोड खर्च

ग्रामीण क्षेत्रका नागरिकलाई यातायातमा सहज पहुँच पुर्‍याउने उद्देश्यले राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रम अन्तर्गत भिमदत्त नगरपालिकाका सडक कालोपत्रे, ग्राभेल तथा पुल निर्माण गरिएको छ। उक्त भौतिक योजना निर्माण गर्न साँढे ४४ करोड लागत लागेको छ।

गाईघाट बजारमा मेडियनसहित १८ मिटर चौडा कालोपत्रे हुने

राष्ट्रिय गौरवको निर्माणाधीन आयोजना ‘मदन भण्डारी लोकमार्ग’अन्तर्गत उदयपुर खण्डको सदरमुकाम गाईघाट बजारक्षेत्रमा मेडिएन (सडक बीचमा फुलबारी र सोलार पोल) सहित १४ मिटर कालोपत्रे हुने भएको छ। अहिलेसम्म झण्डै एक तिहाइ कालोपत्रे भइसकेको लोकमार्गको गाईघाट बजार क्षेत्र बरुवा खोलादेखि त्रियुगा आँखा अस्पतालसम्मको १.५ किलोमिटर खण्डमा मेडिएन र दायाँबायाँ सात–सात मिटर चौडाइको कालोपत्रे गर्नेगरी काम सुरु भएको हो।

महाशिलाको आफ्नै लगानीमा सडक कालोपत्र

कहिले गाउँका बेरोजगार युवालाई स्वयंसेवकको रूपमा नियुक्ति गरेर, कहिले बाँदर नियन्त्रण अभियान गरेर त कहिले सत्केरीलाई भाले र घ्यू दिने अध्यक्ष उपहार कार्यक्रम गरेर चर्चामा आएको यहाँको एक गाउँपालिकाले फेरि जिल्लामै नमूनायोग्य काम शुरु गरेको छ।

तीन महीनामै कालोपत्रे सडक भासियो

ब्रह्मदेव–टनकपुर लिंक रोड निर्माण भएको तीन महीनामै कालोपत्रे सडक भासिएको छ। भीमदत्त नगरपालिका वडा नं ८ र १० नजिक खन्या खोलामा बनेको पक्की पुल छेउको कालोपत्रे सडक भासिएको हो।

बन्दाबन्दै उप्कियो कालोपत्रे

सडक कालोपत्रे गरिएपछि कम्तीमा दुईचार वर्ष टिक्छ भन्ने विश्वास सबैले राखेका हुन्छन्। तर ठेक्का सम्पन्न नहुँदै कालोपत्रे उप्किन थाल्यो भने काममा हेलचेक्र्याइँ भएको सहजै अनुमान गर्न सकिन्छ।

सुकिलुम्बाको धावनमार्ग यही वर्ष कालोपत्रे

इलाम नगरपालिका–९, गोलाखर्कछेउमा निर्माणाधीन फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको धावनमार्ग यसै वर्ष कालोपत्रे गरिँदैछ। धावनमार्ग, ट्याक्सी पार्कको कालोपत्रे तथा अस्थायी खालको टर्मिनल भवनसमेत अबका १४ महिनाभित्र पूरा गर्ने लक्ष्यसाथ तीव्र गतिमा काम अघि बढाइएको छ।

दोस्रो पटक म्याद थपमा पनि सकिएन कालोपत्रे

ओखलढुंगा–रुम्जाटार सडकको कालोपत्रे गर्ने दोश्रो पटकको म्याद थपिदाँ पनि काम सकिएको छैन्। आयोजनाको म्याद जेठ १६ गतेका दिन असार ३१ गतेसम्मका लागि दोश्रो पटक म्याद थप गरिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्